रेसुङ्गा नगरपालिकाद्वारा क्रिकेटर अर्जुन कुमाल सम्मानित

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 2 mins

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले क्रिकेटर अर्जुन कुमाललाई सम्मान गरेको छ । बिहीबार नगरपालिकाको कार्यालयमा नगरप्रमुख खिलध्वज पन्थीले क्रिकेटर कुमाललाई सम्मान पत्र, दोसल्ला र नगद तीस हजार रुपियाँसहित सम्मान गर्नुभएको हो ।

छत्रकोट गाउँपालिका वडा नम्बर-५, मानकोटमा जन्मिनुभएका उहाँलाई केहिदिन पहिले उहाँको गृह पालिका, गुल्मी उद्योग वाणिज्य संघ, जिल्ला खेलकुद विकास समितिलगायतका विभिन्न संस्थाले सम्मान गरिसकेका छन् । क्रिकेटर अर्जुनले कुबेतबिरुद्ध शतक रन बनाउनुभएको थियो ।

सम्मान गर्नुहुँदै नगरप्रमुख पन्थीले गुल्मीमा जन्मेर खेल क्षेत्रबाट जिल्लाको शिर उच्च बनाउन सफल भएकोमा अर्जुनलाई बधाईसहित धन्यवाद दिनुभयो । खेल र खेलाडीलाई सम्मान गर्न नगरपालिका सधै प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । खेल क्षेत्रमा आगामी दिनमा थप हौसला बढोस् भनेर सम्मान गरिएको उहाँकाे भनाइ थियाे ।

केहीदिन अघि कार्यपालिकाको बैठकले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामी र अर्जुन कुमाललाई सम्मान गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार अर्जुनलाई सम्मान गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?