सिजी ल्याण्डमार्कमा ८० प्रतिशतसम्म छुट

Read Time = 3 mins

चितवन । सपिङ धमाका भन्ने नाराका साथ चितवनको भरतपुरमा सञ्चालित सपिङ कम्प्लेक्स सिजी ल्याण्डमार्कले नयाँ वर्षका अवसरमा नयाँ अफर ल्याएको छ । वैशाखसम्मको उपभोक्तामुखी प्रवद्र्धन योजनाअन्तर्गत सिजी ल्याण्डमार्कले ब्राण्डेड सामानमा भारी छुट अफर ल्याएको हो । अफरमा उपभोक्ताले ८० प्रतिशतसम्म छुटमा विश्वविख्यात विदेशी र स्वदेशी ब्राण्डका सामान खरिद गर्न पाउनेछन् । तुलनात्मकरूपमा महँगो हुने ब्राण्डेड सामान खरिद गर्न नसक्ने उपभोक्तालाई समेत त्यस्ता सामानमा पहुँच पुगोस् भनेर अफर ल्याइएको महाप्रबन्धक उज्वल केसीले बताउनुभएको छ ।

केसीका अनुसार सिजी ल्याण्डमार्कमा ख्यातिप्राप्त अन्तर्राष्ट्रिय र स्वदेशी ब्राण्डका सामान एउटै छानामुनि किनमेल गर्न पाइन्छ । चितवनमा ब्राण्डेड सामानको फराकिलो संग्रहबाट विकल्प रोज्न पाइने एकमात्र गन्तव्य सिजी ल्याण्डमार्क नै हो । चितवनका अन्य आउटलेटमा नपाइने सामान सिजी ल्याण्डमार्कमा पाइन्छ । विश्वविख्यात ब्राण्ड पिटर इंग्ल्याण्ड, जिनी जोनी, युएस पोलो, बेनेटन, लिनिङ, स्केचर्स, युसुप्सो, पेपे जिन्स, मेडम, कन्भर्स, भ्यान्स, एप्पल, सामसुङ, एलजी, ब्ल्याक क्याट, केएफसी, ब्रोकेड, टे«सर, सेमिर, मिनिक्लब, योनेक्सलगायतका अथोराइज्ड आउटलेट रहेका छन् ।

सिजी ल्याण्डमार्कमा फेसन ब्राण्डदेखि गजेट्ससम्म, खानेकुरादेखि खेलकुदका सामग्रीसम्म रहेका छन् । अन्तर्राष्ट्रियस्तरमै ख्याति कमाएका स्वदेशी ब्राण्ड डुल्ला, सोनम, नोभेम्बर, ब्ल्याक फरेस्ट, पपेट, केटिएम सिटी, कुपिड, रेड रिबन आदिका अथोराइज्ड आउटलेट पनि छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?