दावा बागमती वादोरियोका अध्यक्ष

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल वादोरियो कराँते डो संघ बागमती प्रदेशको मंगलबार सम्पन्न साधारणसभाले दावा तामाङलाई अध्यक्षमा चयन गरेको छ ।

बागमती प्रदेश खेलकुद परिषद्का सदस्य-सचिव सूर्यलाल भण्डारीको प्रमुख आतिथ्य तथा नेपाल कराँते महासंघका वरिष्ठ उपाध्यक्ष एवं नेपाल वादोरियो कराँते संघका अध्यक्ष हरिशरण केसीको उपस्थितिमा भएको कार्यक्रममा नेपाल उसु महासंघका महासचिव नवराज ढुंगाना पनि उपस्थित हुनुहुन्थ्यो ।

अधिवेशनले जगदीश भेटवाललाई उपाध्यक्ष तथा पुरुषोत्तम पोखरेललाई सचिवमा चयन गरेको छ । यसैगरी सुन्दर कार्की कोषाध्यक्ष हुनुभएको छ ।

नेत्रबहादुर भुजेल, जय केसी, राजकुमार कार्की, पृथ्वी वासुकला, रविन्द्रकुमार चौधरी, ऋष्मा पोखरेल, एलिना श्रेष्ठ, लक्ष्मी रिजाल र पुण्य काफ्ले सदस्यमा चयन हुनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?