सर्लाही । सर्लाहीमा नक्कली नोटसहित एक युवा पक्राउ परेका छन ।
सर्लाही प्रहरीले पौने ३ लाख रुपैयाँ नक्कली नोटसहित बलरा नगरपालिका–५ अर्नाहाका ३० वर्षीय रामप्रसाद रायलाई पक्राउ गरेको हो ।
बरहथवा नगरपालिका–१७ स्थित बागमती सिँचाइ नहरमा नक्कली नोट लिएर हिडिरहेको अवस्थामा रायलाई पक्राउ गरिएको सलार्ही प्रहरीका डिएसपी तथा प्रवक्ता डीएसपी कैलाश राईले जानकारी दिनुभयो। उहाँका अनुसार पक्राउ रायका साथबाट १ हजारका २ लाख ६८ हजार रुपैयाँ नक्कली नोट बरामद गरिएको हो ।
प्रहरीले राय सबार भारतीय नम्बर प्लेटको बीआर ३० एम ३८२५ नम्बरको मोटरसाइकलसहित अर्को भारतीय नम्बर प्लेटको गरी दुईवटा मोटरसाइकल पनि बरामद गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच