धनगढी । कैलालीका १३ वटै पालिकास्थित मतगणना स्थलमा सीसी टिभी क्यामरा जडान गरिने भएको छ ।
मतगणना स्थलको सुरक्षा र विश्वसनियतालाई ख्याल गरेर सीसी क्यामरा जडान गरिन थालिएको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका लगायत केही स्थानमा क्यामरा जडान भइसकेको छ । केही पालिकाको मतगणना स्थलमा क्यामरा जडान गर्ने तयारी गरिएको उहाँले बताउनुभयो ।
‘सबै राजनीतिक दल, उम्मेदवार र सरोकारवालाको सहकार्यमा मतगणना स्थलमा क्यामरा जडान गर्ने कार्य गरिरहेका छौं,’ भट्टले भन्नुभयो, ‘क्यामरा जडानपछि सहज हुनेछ ।’
उहाँले कैलालीका सबै ठाउँमा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको पनि बताउनुभयो । सबै मतदान स्थलमा मतदान अधिकृतसहित निर्वाचन सामग्री पुगिसकेको छ ।
कैलालीमा २३६ मतदान स्थल तोकिएकामा ६१९ मतदान केन्द्र राखिएका छन् । ती केन्द्रमा तीन हजार ९४ कर्मचारी खटाइएका छन् ।
५२ मतदानस्थल सुरक्षाका दृष्टिले अति संवेदनशील सूचीमा राखिएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच