परराष्ट्र मन्त्रालयले भन्यो, ‘बिपिन जोशी गाजाक्षेत्रमा सकुशल भेटिएका छन्’

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । हमास र प्यालेस्टाइनीबीचको जारी युद्धमा बेपत्ता भएका नेपाली बिद्यार्थी बिपिन जोशी इजरायलको गाजा क्षेत्रस्थित एक अस्पतालमा सकुशल फेला परेका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, उनी आइतबार गाजा क्षेत्रको एक अस्पतालमा सकुशल भेटिएका हुन् ।

मन्त्रालयका सहसचिव सेवा लम्सालले बिपिन जोशी इजरायलको गाजा क्षेत्रमा एक अस्पतालमा फेला परेको जानकारी दिनुभयो । ‘विपिन जोशीका बारेमा उनी गाजा क्षेत्रको अस्पताल परिशरमा सकुशल फेला पर्नुभएको छ भन्ने खालको जानकारी हामीलाई इजरायली अफिसियल स्रोतबाट दूताबास हुँदै आएको जानकारी हो । हिजो आइतबार बेलुकाको खबर हो यो । दुतावाससँग मन्त्रालयले जानकारी लिने कुरा अफिस बिदा भएकाले पाइएको थिएन् । ’ लम्सालले भन्नुभयो ।

आइतबार साँझको उक्त समाचार सुखद हुने उहाँले बताउनुभयो । बिपिन जोशी उद्धार गरी नेपाल सरकारले जुनसुकै उपाय वा सबै क्षेत्रको सहयोगमा इजरायल सरकारसँग समन्वय गरी नेपाल ल्याउने तयारी गर्ने उहाँले बताउनुभयो ।

‘जुन जानकारी आएको त्यो म्यासेज हाम्रा लागि सुखद समाचार हुनेवाला पक्कै छ ।’ उहाँले भन्नुभयो, ‘उहाँलाई उद्धारका लागि सरकारले इजरायल सरकारसँग समन्वय गरी जुनसुकै र सम्भव हुने सबै उपाय अपनाएर बिपिन जोशीलाई नेपाल ल्याउँछौं । उहाँ भेटिनु नै ठूलो कुरा हो ।’ उहाँले भन्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?