भय र त्रासमा टिकेको सरकार

Read Time = 7 mins

✍️ ओम आचार्य

नेकपा एमालेसहित पाँच दलीय गठबन्धनबाट प्रधानमन्त्री बनेका प्रचण्ड केपी ओलीको शैलीबाट त्रसित बनेपछि नेपाली कांग्रेससहितका दलहरूसँग गठबन्धन गर्न पुगे र अहिले त्यो गठबन्धन १० दलमा परिणत भएको छ । गणितको हिसाबले यो संख्या सरकारका लागि उत्साहजनक हो । सरकार बलियो छ भन्ने देखिन्छ तर यथार्थमा त्यस्तो नहुन सक्छ । अहिले सरकार भय र त्रासमा टिकेको छ । सरकारको नेतृत्व प्रचण्डले गरेका हुनाले सरकारमा सम्मिलित भएका र सम्मिलित हुने सबै यो सरकार भयको जगमा त्रासको जगमा निर्मित भएको देख्दैछन् ।

प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्रीको कुर्सीमा विराजमान छन् । त्यो कुर्सीको ऊर्जा त्यो कुर्सीको राप त्यो कुर्सीको ताप प्रचण्डमा देखिँनेछैन । उनको अनुहारमा तेज उनको अनुहारमा उज्यालोपन केही देखिँदैन । देखिन्छ त मात्र भयमात्र मलिन । प्रचण्डको त्यही अनुहारबाट भय प्लावित भइरहेछ जो कोहीले पनि त्यो देख्न सक्छ ।

अहिले देशको आर्थिक अवस्था जर्जर छ । उद्योग व्यवसाहीदेखि साना व्यवसायीहरू पनि सडकमा आन्दोलित छन् र त्यस आन्दोलनको तारो प्रचण्ड बन्दै गइरहेका छन् । उनको उपस्थितिमै भएको समारोहमा उनको विरुद्ध नाराबाजीदेखि लिएर अन्य गतिविधि पनि भइरहेका छन् । एउटा भयको कारण यो पनि हो । अझ ठूलो भय त उनका विरुद्धमा द्वन्द्वकालमा पीडित पक्षबाटै कारबाहीका लागि अदालतमा दायर गरिएको मुद्दा हो । यही भय र त्रासको वरिपरि रहेर पूर्वमाओवादीमा संलग्न नेताहरू एकै ठाउँमा उपस्थित भएर अदालतमाथि चुनौती दिनसम्म पुगे ।

अहिले देशको आर्थिक अवस्था जर्जर छ । उद्योग व्यवसाहीदेखि साना व्यवसायीहरू पनि सडकमा आन्दोलित छन् र त्यस आन्दोलनको तारो प्रचण्ड बन्दै गइरहेका छन् । उनको उपस्थितिमै भएको समारोहमा उनको विरुद्ध नाराबाजीदेखि लिएर अन्य गतिविधि पनि भइरहेका छन् ।

र, अर्को भयको कारण यो पनि हुन सक्छ रुसका पुटिनलाई अन्तर्राष्ट्रिय अदालतले जारी गरेको पक्राउ पुर्जी । जे होस् विश्वासको मत पाएर बलियो देखिए पनि वास्तवमा भोलि त्यस्तो नहुन सक्छ जब मन्त्रीमण्डलमा नसमेटिएका दलहरूले पुनः विस्वासको मत फिर्ता लिन सक्छन् । अहिले राजनीति यसरी नै विकसित भइरहेको छ । अहिलेको राजनीतिमा ठूला दल भनिएकाहरूले साना दलहरूलाई यही सिकाइरहेका छन् । यही राजनीतिक संस्कार दिइरहेका छन् । चाहे त्यो कांग्रेस होस् या नेकपा एमाले होस् अझ यसमा माओवादी अघि छ । माओवादीले राजनीतिको यही शिक्षा दिइरहेको छ यही संस्कार दिएको छ । माओवादीको यही शिक्षा र संस्कार अब उनैतिर भारी पर्ने देखिन्छ ।

भारी यसकारणले हो कि अहिले संसदमा कुनै पनि राजनीतिक दलको बहुमत पुग्दैन । संसदको अहिलेको संरचना नै यस्तो छ कि यो संसदबाट निर्मित हुने सरकार दिगो र भरपर्दो देखिँदैन । यिनै कारणहरूबाट यो सरकार सधैं भय, त्रास, मलिन र ऊर्जाविहीन भएर प्रस्तुत भएको देखिन्छ । प्रचण्डले विश्वासको मत लिएपछि मन्त्रिमण्डल विस्तार गर्ने उद्घोष गर्नु पनि यही भय हो । आफू सुरक्षित रहने रणनीति । र, विश्वासको मत दिने दलहरू पनि यति लामो समयसम्म धेर्य गरेर सरकार जाने लिप्सामा देखिनु नै स्वस्थ्य राजनीति देखिँदैन ।

कुनै पनि दलबाट नेतृत्व गरेका सरकार प्रमुखले यति लामो समयसम्म मन्त्रिमण्डल विस्तार नगरेर मुलुकलाई अँध्यारोमा राख्न मिल्दैनथ्यो । अझ वर्तमान प्रधानमन्त्री ले त १६ वटा मन्त्रालय आफ्नै मातहातमा राखेर गणतान्त्रिक लोकतन्त्र र सुशासनको विरुद्धमै थियो ? त्यस्तै देखिन्छ । यो सबै भय र त्रासको अवस्थाले सिर्जित घटना हुन् । अहिले सरकारमा जाने दलहरूले पनि आफ्नो घोषणापत्र र मतदाता समक्ष गरेका वाचाहरू, प्रतिज्ञाहरू पनि पूरा गर्न सक्ने छैनन् । अहिले सरकारमा जाने दलहरूले आफ्नो दलको भविष्यमा समेत प्रतिकूल प्रभाव पार्नेमात्र छैनन कि यी दलको नेतृत्व गरेर जाने नेतृत्वकर्ता समेतको राजनीतिक भविष्यमा प्रश्नचिहृन लाग्न सक्छ ।

अहिलेको देशको वर्तमान राजनीतिक अवस्था :
आर्थिक अवस्थामा सुधार ल्याउन सकेन भने जनताले चाहेको इच्छा, अवस्था र माग सम्बोधन हुनसकेन भने वर्तमान सरकार र त्यसमा सम्मिलित दलहरूमा यस्तो दाग लाग्ने छ त्यो कुनै पनि ध्वनि साबुनले सफा पार्न सक्दैन । अहिले यस्तै दाग लागेकाहरू, अहिले रंग उडेका दलहरू, अहिले खुइलिएका दलहरूलाई हिजोसम्म धोवीहरूले दुरुस्त बनाउने गर्दथे । खुइलिएकालाई चमक दिन्थे र दाग लागेकालाई दागहीन बनाउथे । अब धोवीहरूले त्यस्तो गर्ने छैनन् । अब त्यो अवस्था छैन । त्यसैले यो सरकार भयमा टिकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?