तनहुँ-१ मा रास्वपा उम्मेदवार स्वर्णिम वाग्ले दोब्बर मतले अगाडी

हिमालय टाइम्स
Read Time = 1 min

पोखरा । तनहुँ–१ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले अग्रता लिनुभएको छ ।

प्रतिनिधि सभा उपनिर्वाचनअन्तर्गत आइतबार सम्पन्न भएको उपनिर्वाचनको मतगणना जारी रहँदा समकक्षी भन्दा दोब्बर मतले वाग्ले अगाडी रहनुभएको हो ।

आज बिहान ६ बजेसम्म ९ हजार २ सय ४६ मत गणना हुँदा वाग्लेले ५ हजार १९ मत पाउनुभएको छ भने नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २ हजार २ सय ५१ मत पाउनुभएको छ ।

तेस्रो प्रतिस्पर्धीको रुपमा देखिनुभएका नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले १ हजार ५४९ मत पाउनुभएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?