पाँच दिनपछि सदरमुकाम मलंगवाको अवस्था सामान्य

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 2 mins

सर्लाही । सर्लाही सदरमुकाम मलंगवाको अवस्था सामान्य बनेको छ । बजारमा पसल खुलेका छन् भने यातायातका साधन निर्वाधरुपमा गुडिरहेका छन् ।

प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले दुई समुदायबीचको विवाद मत्थर भई जनजीवन सहज बनेको जानकारी दिनुभयो ।

शुक्रबार कृष्ण जन्माष्टमीको मूर्ति विसर्जन गर्ने क्रममा दुई समुदायबीच विवाद उत्पन्न भएपछि मलंगवा तनावग्रस्त बनेको थियो । दुई समुदायबीचको तनाव लगातार ५ दिनसम्म कायम रह्यो । मंगलबारबाट विवाद केही मत्थर भएपछि बुधबारबाट मलंगवा पूर्णरुपमा खुलेको छ ।

दुवै समुदायबीचको विवाद उग्र बनेपछि स्थानीय प्रशासनले शान्ति सुरक्षा कायम गर्नका लागि मलंगवा बजारमा १५ घण्टा कर्फ्यु, ५ दिनसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो ।स्थानीय प्रहरी, प्रशासनको कार्य कुशलताकै कारण जिल्लामा कुनै अप्रिय घटना भने हुन नपाएको बताए ।

मलंगवामा दुई समुदायबीचको घटना व्यवस्थापन गर्नका लागि सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरिएको छ । १५ दिनभित्र प्रतिवेदन पेस गर्न समय पाएको समितिले घटनाको छानबिन सुरु गरिसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?