दुई करोड मागेको अडियो प्रकरणको अनुसन्धान हुन्छ : गृहमन्त्री श्रेष्ठ

बालेनलाई अनुरोध- समन्वय गर्नको लागि औचित्य पुष्टि गरेर आउनू

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो प्रकरणको अनुसन्धान गर्ने बताउनुभएको छ ।

सोमबार बिहान चितवनको भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नको उत्तरमा गृहमन्त्री श्रेष्ठले भन्नुभयो, ‘अडियो अनुसन्धान गरी सो अनुसार अगाडि बढ्ने छौं ।’

‘दुई करोडको कुरा आएको छ । त्यसलाई आधिकारिक रूपमा अनुसन्धानको प्रक्रियाबाट हामी कोही निष्कर्षमा पुगिसकेका छैनौं । अनुसन्धानको प्रक्रिया अघि बढेपछि अनुसन्धानबाट जे पुष्टि हुन्छ त्यही अनुसार हामी अघि बढ्ने कुरा हुन्छ,’ सञ्चारकर्मीलाई गृहमन्त्रीले भन्नुभयो ।

रास्वपाका सांसद डा. श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो आइतबार सार्वजनिक भएको थियो । अडियोमा सांसद श्रेष्ठले रास्वपा समापति रविको नाम लिँदै आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीको कोर टिमलाई दुई करोड रुपैयाँ बुझाउनुपर्ने बताउनुभएको छ ।

बालेनलाई अनुरोध- समन्वय गर्नको लागि औचित्य पुष्टि गरेर आउनू

यस्तै गृहमन्त्री श्रेष्ठले संघीय सरकार स्थानीय र प्रदेश सरकारसँग समन्वयन गर्न प्रतिवद्ध रहेको बताउनुभएको छ । सोही पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहलाई समन्वय गर्नको लागि औचित्य पुष्टि गरेर आउन अनुरोध गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘संघीय सरकार स्थानीय र प्रदेश सरकारसँग समन्वयन गरेर संविधानले दिएको जिम्मेवारी पुरा गर्न प्रतिवद्ध छ । तर त्यसो भनेको अर्थ स्थानीय सरकार वा प्रदेश सरकारले म यसो गर्छु भन्ने अनि बल प्रयोग गर्न चै अनुरोध मात्रै गर्न जानकारी दिएर हुँदैन ।’

‘यो बारेमा मैले काठमाडौं महानगरपालिकाका प्रमुखलाई प्रस्ट भनेको छु तपाईले गर्न खोजेको कामको औचित्य पुष्टि हुने गरी तथ्य रुप दिने गरी निष्कर्षमा त पुग्नु पर्यो नि,’ गृहमन्त्री श्रेष्ठले भन्नुभयो,’ तपाई आफैले मात्रै गर्न सक्ने काम भए तपाईंको कार्यक्षेत्रमा हामी कुनै पनि हस्तक्षेप गर्दैनौं ।

तर, तपाईले प्रदेश सरकार र संघीय सरकारको संलग्नतामा कुनै सहयोग चाहिँएको छ भने हामीले गर्ने प्रक्रिया ती कुरालाई हामीले गर्ने प्रक्रियामा ठिक छ भन्ने तथ्य सम्वत छ भन्ने कुरा राख्नु पर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?