मिटरब्याजपीडित र सरकारबीच वार्ता जारी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । मिटरब्याजपीडित र सरकारबीच वार्ता भइरहेको छ । सिंहदरवारस्थित गृहमन्त्रालयमा मिटरब्याजपीडित र सरकारका प्रतिनिधिबीच वार्ता भइरहेको हो ।

मिटरब्याजपीडित काठमाडौं आएर न्यायको माग गर्दै प्रदर्शन गरिरहेका छन् । यसअघि पनि सरकारले मिटरब्याजपीडितको एउटा समूहसँग वार्ता गरेर पाँच बुँदे सहमति गरेको थियो ।

तर, अर्को मिटरब्याजपीडितको समूहले अस्वीकार गर्दै आएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?