प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त हुनु भएको छ ।

नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष समेत रहनुभएका आचार्य प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार नियुक्त भएको प्रधानमन्त्री सचिवालयले जनाएको हो ।

आचार्य यसअघि पनि प्रचण्ड प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार हुनुहुन्थ्यो।

यसअघि नै प्रधानमन्त्रीको प्रेस विज्ञमा मनहरि तिमिल्सिना र प्रेस संयोजकमा सूर्यकिरण शर्मा नियुक्त भइसक्नु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?