एक क्लिकमा हेर्नुहोस् आजका प्रमुख समाचार

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेपाल समाजवादी पार्टीकी उपाध्यक्ष एवं पूर्वमन्त्री हिसिला यमीले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सरकार मिलाउन माहिर भएपनि नेतृत्व लिन भने सक्षम हुन नसकिरहेको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित नेपालमा शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

विस्तृतमा हेर्नुहोस् प्रधानमन्त्री प्रचण्ड सरकारको गणितीय वर्चश्वमा रमाउनु भयो : हिसिला यमी

नेकपा (एमाले) का सांसद रघुजी पन्तले अमृतपाल सिंहको खोजबिनका लागि भारतीय सुरक्षाकर्मी नेपाल आउनुले नेपालको सुरक्षा संयन्त्रमाथि अविश्वास पैदा गरेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उहाँले नेपालमा प्रवेश गरेको भनिएका सिंहलाई नेपालको सुरक्षा निकायले पत्ता लगाउन नसकेपछि बाँकेको जमुनाह नाका भएर भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गर्नु आपत्तिजनक भएको बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो सांसद डा ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न दुई करोड मागेको विषयले सदन र सांसदको गरिमामा पर्न गएको मानमर्दनप्रति क्षमा मागेको छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले डा. श्रेष्ठको टेलिफोन संवादको अडिओ सार्वजनिक भएसँगै श्रेष्ठमाथि छानबिन प्रक्रिया थालिसकेको जानकारी दिनुभयो ।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको विभिन्न समयमा सांसदले राख्नुभएको जिज्ञासा तथा प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले उक्त रुलिङ गर्नुभएको हो ।

राष्ट्रिय सभा सदस्य दिलकुमारी रावलले मन्त्री बन्न दुई करोड मागेको विषयको सत्यतथ्य बाहिर ल्याउन सरकारसमक्ष माग गर्नुभएको छ ।

सोमबार बसेको राष्ट्रिय सभा बैठकमा उहाँले मन्त्री बन्न दुई करोड मागेको विषयमाथि सत्यतथ्य बाहिर ल्याउन र दोषीमाथि कारबाही गर्न माग गर्नुभएको हो ।

भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा सुरु भएको छ । स्थानीय भाषामा बिस्का भनिने यो जात्रालाई अहिले बिस्केट भनेर चिनिन्छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९०३ पीसीआर र १ हजार ६६३ एन्टिजेन गरी कुल २ हजार ५६६ जनाको परीक्षणमा ऊक्त संख्यामा संक्रमित देखिएका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?