रास्वपाले माग्यो सांसदहरुको गरिमामा पर्न गएको मानमर्दनप्रति क्षमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो सांसद डा ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न दुई करोड मागेको विषयले सदन र सांसदको गरिमामा पर्न गएको मानमर्दनप्रति क्षमा मागेको छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले डा. श्रेष्ठको टेलिफोन संवादको अडिओ सार्वजनिक भएसँगै श्रेष्ठमाथि छानबिन प्रक्रिया थालिसकेको जानकारी दिनुभयो ।

पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई तीन दिनभित्र अध्ययन प्रतिवेदन बुझाउन निर्र्देशन दिएको र सोही बमोजिम आइतबार २४ घण्टे स्पष्टीकरण सोधिएको परियारले जानकारी दिनुभयो ।

डा. श्रेष्ठलाई साधारण सदस्यको हैसियतसमेत गर्नुपर्ने काम गर्न पनि रोक लगाएर कारबाही थालिएको भन्दै उहाँले रास्वपा यस्ता कार्य दोहोरिन नदिन सचेत रहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?