फिक्कल फाइनलमा प्रवेश

हिमालय टाइम्स
Read Time = 1 min

इलाम । शुक्रराज राई निर्णायक बन्दा इलामको सन्दकपुरमा जारी तेस्रो संस्करणको सन्दकपुुर गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । ३९औँ मिनेटमा उहाँले गरेको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ दी म्याच गोलकर्ता राई घोषित हुँदै नगद दुई हजार प्राप्त गर्नुभयो ।

प्रतियोेगिताअन्तर्गत अन्तिम सेमिफाइनल खेलमा बुटाबारी युनाइटेड र रेडहर्स इलामबीच प्रतिस्पर्धा हुनेछ । वैशाख १ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद एक लाख ५१ हजार र आकर्षक ट्रफी प्राप्त गर्नेछ ।

उपविजेताले नगद ८१ हजार र ट्रफी पाउनेछ भने प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद २ हजार प्राप्त गर्नेछ । व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट रक्षक र सर्वाधिक गोलकर्ताले जनही चार-चार हजार पाउनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?