काठमाडौं । एसियन पेन्ट्सले आफ्नो नयाँ उत्पादन बजारमा ल्याएको छ । कम्पनीले काठमाडौंमा आयोजित एक समारोहमा दुई सयभन्दा बढी डिलरको उपस्थितिमा स्मार्टकेयर समूहका दुई नयाँ उत्पादनहरू सिलिकन शिल्ड र हाइड्रोलक प्रस्तुत गरेको छ ।
जसले भित्तामा ओस र नुनियाको समस्या रोकथाम गर्छ । कम्पनीले अन्य दुई उत्पादन रोयल प्ले समूहअन्तर्गत बारिक र स्टुक पनि सार्वजनिक गरेको छ । रोयल प्ले समूहका उत्पादनले भने घरको इन्टेरियर सजावट आकर्षक बनाउने कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार सिलिकन शिल्डकोे एक जलप्रतिरोधक तत्व हो, जसमा उत्कृष्ट पेनीट्रेटिभ फर्मुलेसन रहेको छ, जुन इँटा, ढुंगा र क्ले टायलका लागि अनुकूल छ । घरको बाहिरी भित्ता नुनियादेखि जोगाएर भित्ताको स्वाभाविक सुन्दरता कायमै राखिदिन्छ ।
त्यसैगरी हाइड्रोलक एक अर्को पेनीट्रेटिभ जलप्रतिरोधक सोलुसन हो, जुन प्लाष्टर गरिएका भित्तालाई ओस र नुनियाबाट सुरक्षित राख्न प्लाष्टरमाथि लगाउन अत्यन्त उपयुक्त छ । रोयल प्ले बारिकले अरेबियन मरुभूमिबाट प्रेरित रिच मेटालिक टेक्स्चर दिन्छ र यो ओसन वेभ र वोर्ल इफेक्टमा उपलब्ध छ । अर्कोतर्फ रोयल प्ले स्टुकोले प्रदान गर्ने फिनिसले भित्री भित्तामा मार्बलको अनुभूति दिलाउने कम्पनीको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच