वास्तविक मिटरब्याजी सरकार हो: ज्ञानेन्द्र शाही

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं  । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले वास्तविक मिटरब्याजी सरकार रहेको बताउनुभएकाे छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उहाँले सरकारले पैसा थुपारेर ब्याज खाइरहेकाले वास्तविक मिटरब्याजी सरकार रहेको बताउनुभएकाे हाे ।

‘जुम्लालगायतका कर्णालीका निर्माण व्यवसायीहरु झुण्डिन तयार छन् । सरकारले मिटरब्याजीलाई कारबाही गर्छु भनिरहेको छ । वास्तविक मिटरब्याजी यो सरकार हो,’ उहाँले भन्नुभयाे, ‘यसको डाटा छ, सरकारले अहिले फिक्स डिपोजिट मात्र २ खर्ब ११ अर्ब रुपैयाँ गरेको छ । निर्माण व्यवसायीलगायतलाई नदिएर सरकारले ३ खर्ब ६२ अर्ब ७७ करोड सरकारी खातामा बचत गरेको ब्याज खाइरहेको छ ।’

ब्याज तिर्न नसकेर एक सयजना व्यवसायी मृत्युवरण गर्नुपरेको भन्दै उहाँले सरकारले ८.५ प्रतिशत ब्याज खाइरहेको आरोप लगाउनुभयाे । ‘म भन्न चहान्छु, वास्तविक मिटरब्याजी सरकार हो,’ उहाँले भन्नुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?