प्रथम मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ प्रतियोगिताको मुख्यमन्त्रीद्वारा उद्घाटन

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 3 mins

कैलाली । प्रथम मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले उद्घाटन गर्नु भएको हो ।

उद्घाटन गर्दै मुख्यमन्त्री शाहले फेन्सिङलाई प्रदेश सरकारले प्राथमिकतामा राखेर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले प्रदेश सरकारले समग्र खेल जगतको विकास गर्नका लागि प्रदेश सरकारले ध्यान दिने बताउदै खेलाडीको मनोबल र हौसला बढाउने काम गर्ने समेत बताउनुभयो ।

धनगढी रङ्गशालामा भोलि सम्म प्रतियोगिता सञ्चालन हुने छ । प्रतियोगितामा बागमतीका १२, सशस्त्र प्रहरीका १०, कोशी १७, गण्डकी १४ र सुदूरपश्चिमका १८ गरेर ७१ जना खेलाडीको सहभागिता रहेको सङ्घका अध्यक्ष जलिन्द्र शाहीले जानकारी दिनुभयो ।

६ वटा टिममा महिला र पुरुष ३५–३५ गरी ७१ जना खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छ । फेन्सिङअन्तर्गत इपी र सेभर विधामा खेल हुनेछन् ।

विधागत प्रतिस्पर्धामा प्रथम स्थान हासिल गर्नेलाई १५ हजार, द्वितीयलाई १० हजार र तृतीय स्थान हासिल गर्ने खेलाडीलाई पाँच हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने सङ्घका अध्यक्ष शाहीले बताउनु भयो ।

पोखरामा हालै सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फेन्सिङमा सुदूरपश्चिमले स्वर्ण पदक प्राप्त गरेको थियो । फेन्सिङका खेलाडीसमेत रहेका शाहीले सुदूरपश्चिमलाई स्वर्ण पदक दिलाएका थिए ।
यो प्रतियोगिताले सुदूरपश्चिममा फेन्सिङ खेललाई चिनाउन र खेलाडीलाई प्रोत्साहनमा मद्दत पुग्ने आयोजकको अपेक्षा छ । सुदूरपश्चिम प्रदेश सरकार मातहतको प्रदेश खेलकुद परिषद्ले प्रतियोगिताको प्रायोजन गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?