शरणार्थीलाई आवासीय अनुमति दिने अष्ट्रेलियाको घोषणा

शरणार्थीहरूलाई ठूलो राहत

Read Time = 2 mins

क्यानेबरा । अष्ट्रेलियाले आफ्ना देशमा रहेका हजारौं शरणार्थीलाई आवासीय अनुमति दिने भएको छ । अष्ट्रेलियाका अध्यागमन मन्त्री एन्ड्रयु जाइल्सले केही अस्थायी भिसा बाहकका लागि स्थायी भिसाको मार्ग प्रशस्त गर्ने घोषणा गर्नुभएको हो । जाइल्सले लेबर सरकारको चुनावी प्रतिबद्धता पूरा गर्दै सन् २०१३ भन्दा अघि डुंगाबाट अष्ट्रेलिया आएका करिब १९ हजार शरणार्थीलाई दुई प्रकारका अस्थायी भिसामा स्थायी बसोवासका लागि निवेदन दिने अनुमति दिइने बताउनुभएको हो ।

यो प्रावधानले शरणार्थीलाई सामाजिक, स्वास्थ्य सेवा, राष्ट्रिय अशक्तता बीमा योजना, उच्च शिक्षाका लागि ऋणलगायत सुविधामा पहुँच प्रदान गर्ने भएको छ । नागरिकताका लागि पनि मार्ग प्रशस्त गर्ने बताइएको छ । जसले उनीहरूलाई अष्ट्रेलियामा तत्काल परिवार ल्याउन अनुमति दिनुका साथै काम गर्ने, कर तिर्ने, व्यवसाय सञ्चालन गर्ने अनुमति दिनेछ । यो घोषणाले अष्ट्रेलिया प्रवेश गरेका शरणार्थीलाई ठूलो राहत मिलेको छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?