प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दाको सुनुवाइ सकियो, केहीबेरमा आदेश आउने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिटको सुनुवाइ सकिएको छ ।

सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट सुनुवाइ सकिएपनि आदेश आउन बाँकी छ । आदेश आजै आउने सम्भावना रहेको बताइएको छ ।

३ वर्षअघि माघीका दिन काठमाडौंको टुँडिखेलमा जनयुद्धमा मारिएकामध्ये ५ हजारको जिम्मा लिने अभिव्यक्ति दिएकाले फौजदारी अभियोगमा कारबाही गरिनुपर्ने मागसहित द्वन्द्वमा मारिएकाका आफन्तले उहाँविरुद्ध दुईवटा रिट दर्ता गराएका थिए ।

सुनुवाईमा रिट निवेदकको तर्फबाट अधिवक्ताहरु डा. सुरेन्द भण्डारी, बालकृष्ण न्यौपाने, दिनेश त्रिपाठी, शिवकुमार यादव, ज्ञानेन्द्र आरण, मणिराम उपाध्याय, अनन्तराज लुइटेल र ध्रुवलाल श्रेष्ठले बहस गर्नुभएको थियो ।

माओवादी युद्धकालीन घटनालाई लिएर सर्वोच्च अदालतमा दायर रिटमाथि आज न्यायाधीश खतिवडाको एकल इजलासमा सुनुवाइ भएको हो ।

गत मंगलबार दारय रिटमाथि बिहीबार पेसी तोकिएको थियो । तर, बिहीबार हेर्न नभ्याइने परेपछि शुक्रबार सुनुवाइ भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?