उत्तर कोरियाले फेरि गर्यो ब्यालेस्टिक मिसाइल प्रहार

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । उत्तर कोरियाले कोरियाली प्रायद्वीपको पूर्वी तटबाट समुद्रमा मिसाइल प्रहार गरेको छ ।

दक्षिण कोरियाका जोइन्ट चिफ अफ स्टाफले बिहीबार सो जानकारी दिएका हुन् । जापानको तटरक्षकले उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रहार गरेको जनाएको छ ।

जापानी प्रधानमन्त्री फुमियो किशिदाको कार्यालयले ट्वीट गर्दै उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको जनाएको छ ।

जापान सरकारले बिहीबार उत्तर कोरियाले एक संदिग्ध ब्यालेस्टिक मिसाइल प्रहार गरेपछि उत्तरी होक्काइडो क्षेत्रका बासिन्दाहरूलाई शरण लिन आग्रह गरेको छ ।

दक्षिण कोरियाको संयुक्त चिफ अफ स्टाफलाई उद्धृत गर्दै भनेको छ कि सोल र वाशिंगटनसँग बढेको तनावको बीचमा प्योङयाङबाट पूर्वी सागरतर्फ मिसाइल प्रहार गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?