प्रचण्ड सरकारमा कांग्रेसका शेखर समूहलाई तीन मन्त्री र एक राज्यमन्त्री

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा कांग्रेसका शेखर कोइराला समूहले समेत तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ ।

बिहीबार बिहान बसेको शेखर समूहको बैठकमा नेता कोइरालाले आफ्नो समूहले तीन मन्त्री र एक राज्यमन्त्री पाउने जानकारी गराउनु भएकाे हाे ।

सोही क्रममा उहाँले उपनिर्वाचनपछि मात्रै सरकारमा सहभागी हुने बताउनुभयाे ।

कांग्रेसभित्र सभापति शेरबहादुर देउवा र शेखर समूहमा मन्त्री कसलाई बनाउने भन्ने विषयमा छलफल भइरहेको छ ।

गत ११ पुसमा प्रधानमन्त्री बन्नुभएका प्रचण्डले हालसम्म सरकारलाई पूर्णता दिन नसक्दा आलोचित हुँदै आउनुभएकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?