जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

कैलाली । टीकापुर नगरपालिका-१ ब्लक नम्बर ५ बस्ने ६८ वर्षीय दिल प्रसाद शेरचनको न्यू ब्रान्च होटलमा जुवातास खेलिरहेको अवस्थामा शेरचन समेत १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १४ हजार ९५ रूपैयाँ र ५ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

साथै, टीकापुर नगरपालिका-१ ब्लक नम्बर १४ बस्ने खडक बहादुर शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा शाही समेत पाँचजनालाई  प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३१ हजार ६ सय ९५ रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?