सेती अस्पतालमा उपचाररत बिरामीको पेटभित्र खाली बोत्तल फेला

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 1 min

कैलाली । कैलालीको धनगढीमा एक बृद्धको पेटमा खाली बोत्तल फेला परेको छ ।

उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुगेका ६१ वर्षीय जमनसिंह रोक्कामगरको पेटमा खाली सिसी रहेको एक्सरेबाट देखिएको हो। उनको पेटमा भोड्का रक्सीको खाली सिसी (क्वाटर) भेटिएको छ।

उनी धनगढीको फुलबारीको ‘एच’ गाउँ निवासी हुन्। पेटमा कसरी बोतल पुग्यो भन्ने विषयमा भने स्पष्ट हुन सकेको छैन।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?