म्याग्दी । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पहिलो नेपाली हेलिकप्टर पाइलट क्याप्टेन शोवित गौचनको नयाँ हेलिकप्टर कम्पनी एअर धौलागिरिले संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयबाट उडान अनुमति प्राप्त गरेको छ ।
म्याग्दी स्थायी घर भएका क्या. गौचनको नयाँ हेलिकप्टर कम्पनीले पहिलो चरणको उडान अनुमति पाएको हो । नेपाली एक दशकदेखि नेपाली आकाशमा उडान गरिरहेका गौचनले एयर धौलागिरीले उडान लाइसेन्सका लागि संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयबाट उडान अनुमति पत्र प्राप्त भएको हो ।
क्याप्टेन सोवित गौचनले मन्त्रालयबाट लाइसेन्स पाएको एअरले अब एओसीका लागि नागरिक उड्यन प्राधिकरणमा आवेदन दिएपछि थप प्रक्रिया अगाडी बढ्ने मन्त्रालयले जनाएको छ । एअर धौलागिरिले तीनवटा हेलिकप्टरबाट सेवा दिने प्रतिबद्धता जनाएको छ ।
काठमाडौंमा बेस राखेर लाइसेन्स माग गरेको कम्पनीलाई मन्त्रालयले एओसी दिएपछि हेलिकप्टर खरिदको प्रक्रिया अघि बढाउने गौचनले बताउनुभयो ।
म्याग्दीको बेनी नगरपालिका वडा नं ८ शान्तिटोलका गौचनले म्याग्दी जिल्लाकै धवलागिरी गाउँपालिकाको मुदीमा रहेको विश्वकै सातौं अग्लो धौलागिरी हिमालको नामबाट नयाँ कम्पनी दर्ता गर्नुभएको हो ।
उहाँले एयर डाइनेस्टीमा क्याप्टेन, अल्टिच्युट एयरमा अपरेशन डाइरेक्ट सम्हालि सक्नुभएको छ । पछिल्लो समय गौचन हेली एभरेष्टका अपरेशन डाइरेक्टरको जिम्मेबारीमा समेत रहनुभएको थियो ।
यूवा पाइलटमा आफुँलाई अब्बल सावित गर्नुभएका गौचनले म्याग्दीमा विपद्मा परेकालाई सहयोग सहित विभिन्न सामाजिक कार्यमा समेत सक्रिय हुनुहुन्छ । क्याप्टेन गौचन नेपालमै पहिलो पटक सगरमाथा आरोहण गर्ने हेलिकप्टर पाइलट समेत हुनुहुन्छ ।
हेली एभरेष्ट प्रालिमा कार्यरत हुदाँ क्याप्टेन गौचनले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको थियो । उहाँले उच्च हिमाली क्षेत्रमा र पर्यटक र आरोहीलाई हाई अल्टिच्युट एरियाबाट समेत उद्धार गर्नुभएको छ । नेपालमा हाल १३ वटा कम्पनीले हेलिकप्टर सेवा सञ्चालनको अनुमति लिएका छन्।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच