प्रधानमन्त्रीलाई अखिल अध्यक्षको प्रश्नः सरकारमा बसेर कसको बिरुद्ध आन्दोलन ?

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा एमाले निकट अखिलका अध्यक्ष समिक बडालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आन्दोलनमा उत्रन भन्दा सरकार चलाउन सुझाव दिनुभएकाे छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले द्वन्द्वकालिन मुद्धामा माओवादीहरुलाई फसाउन खोजेको भन्दै आन्दोलनमा उत्रनु पर्ने बताए पछि अखिल अध्यक्ष बडालले सरकारमा बसेर कस्का बिरुद्ध आन्दोलन गर्न खोजेको हो ? भनेर प्रश्न गर्नुभएकाे हाे ।

‘प्रचन्ड आफैं सरकार प्रमुख हुनुहुन्छ तर भाषण गर्दै लाखौं जनता सडकमा उतारेर आन्दोलन गर्छौं भन्नु हुन्छ, कसका बिरुद्ध  ? आफैं बिरुद्ध ? कथित जनयुद्धका नाममा आन्दोलनमा भएको जनधनको क्षती पर्याप्त भएन र ?'  बडालले प्रश्न गर्नुभएकाे छ, ‘तपाई सरकार चलाउनुस,  राष्ट्रहित बिपरीत गरिने काममा खबरदारी र आन्दोलन गर्न हामी छौं ।'

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?