सर्वोत्कृष्ट आधुनिक गायिकाको अवार्ड जुनुलाई

Read Time = 2 mins

काठमाडौं । चौंथो ज्योति फिल्मस् म्युजिक अवार्डको सर्वोत्कृष्ट आधुनिक गायिकाको अवार्ड जुनु रिजाल काफ्लेले प्राप्त गर्नुभएको छ । काठमाडौंंमा हालै सम्पन्न ज्योति फिल्मस् म्युजिक अवार्ड २०७९ को चौथौ संस्करणमा उहाँले सो अवार्ड चुम्न सफल हुनुभएको हो । जुनुले ‘न दोष तिम्रोबाट’ गीतबाट सर्वोत्कृष्ट आधुनिक गायिकाको अवार्ड चुम्न सफल हुुनभएको हो ।

उहाँसँगै सर्वोत्कृष्ट लोकदोहोरी नवगायकमा रमन रायमाझी, सर्वोत्कृष्ट काठे गीत गायिकाबाट शारदा रसाइली, सर्वोत्कृष्ट लोकदोहोरी गायिकाबाट शान्तिश्री परियारले जित्नुभयो भने सर्वोत्कृष्ट काठे गीत गायिका ‘जुरी अवार्ड’बाट अर्चना स्याङ्तानले अवार्ड प्राप्त गर्नुभयो ।

‘एकैदिन अवार्ड र सम्मान मिल्यो । मलाई मेरो कलाको उचित मूल्यांकन हुँदा असाध्यै खुशी लागेको छ’, अवार्ड प्राप्तपछि जुनुले भन्नुभयो । भाइराम श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा बागमती प्रदेश सभामुख भुवन पाठक प्रमुख अतिथि रहनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?