फ्रान्समा प्रहरीको गोलीले मारिएका किशोरको अन्तिम संस्कारमा सयौं युवा सहभागी

हिमालय टाइम्स
Read Time = 2 mins

पेरिस । फ्रान्सेली सहर नान्तेरेमा प्रहरी अधिकारीले गोली हानेका १७ वर्षीय किशोर नाहेलको अन्तिम संस्कार गरिएको छ ।

नाहेलको अन्त्येष्टिमा ठूलो संख्यामा युवाहरुको सहभागिता थियो र आँसुका आँखाले बिदाइ गरेका थिए । मिडिया रिपोर्टका अनुसार सयौं युवाहरूको समूह मस्जिदबाट चिहानमा गएका थिए । यस अवधिमा मानिसहरूले ‘जस्टिस फर नाहेल’ छापिएको शर्ट लगाएका थिए।

गत जुन २७ मा अल्जेरियन मूलका १७ वर्षीय नाहेललाई पेरिसको उपनगर नान्तेरेमा एक प्रहरी अधिकारीले गोली हानेर हत्या गरेका थिए । नाहेलले कार चलाउँदै थिए, ट्राफिक सिग्नलमा रोकिँदा प्रहरी अधिकृतले उनको पछि लागे र छातीमा गोली हाने । नाहेलको हत्या गर्ने प्रहरी अधिकारी पछि पक्राउ परेका थिए ।

नाहेलको हत्यापछि फ्रान्सभर विरोध प्रदर्शन र दंगा भईरहेको छ । प्रदर्शनकारीहरूले सरकारी टाउन हल, विद्यालय र प्रहरी चौकीका साथै सुपरमार्केट जस्ता अन्य भवनहरूलाई पनि निशाना बनाईरहेका छन् । साथै सयौं सवारी साधनमा आगजनी गरिएको छ ।

फ्रान्सको आन्तरिक मन्त्रालयका अनुसार दंगामा संलग्न रहेको आरोपमा १ हजार ३ सयभन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?