इलाम । इलाम क्षेत्र नम्बर २ को जारी मतगणनाको पछिल्लो अपडेट प्राप्त भएको छ ।
हालसम्म फाक्फोकथुम, चुलाचुली माङ्सेबुङ र माई नगरपालिका को सबै वडा देउमाई नगरपालिकाको वडा नम्बर १ ,२ ,३ ४,५ ,६,७ र ८ को मत गणना सकिएको छ । ९ नम्बर वडाकाे गणना हुँदैछ ।
जारी मत गणनाको प्राप्त पछिल्लो मत परिणाम अनुसार एमालेका सुहाङ नेम्बाङ १९ हजार ११४ मतसहित अग्रस्थानमा हुनुहुन्छ । उहाँलाई नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १२ सय ६७५ मतसहित पछ्याइरहनुभएको छ ।
यस्तै पहिचानवादी पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ९ हजार ४१० मत प्राप्त गर्दा रास्वपाका उम्मेदवार मिलन लिम्बुले ३ हजार २४२ मत प्राप्त गर्नुभएको छ ।
अहिलेसम्म यहाँ ४६ हजार ५६९ मत गणना भएको छ । शनिबार भएको निर्वाचनमा ६९ हजार २८७ मत खसेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच