सिभिल लघुवित्तको सञ्चालकमा दाहाल

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा रुद्रप्रसाद दाहाल नियुक्त हुनुभएको छ । संस्थाको सञ्चालक समितिको सोमबार बसेको २०१औँ बैठकले दाहाललाई चार वर्षका लागि नियुक्त गरेको हो ।

बैंकिङ क्षेत्रमा ३५ वर्षभन्दा बढी अनुभवी कृषि विकास बैंकबाट अवकाश प्राप्त दाहाल त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर हुनुहुन्छ । केन्द्रीय कार्यालय काठमाडौं चाबहिलमा रहेको वित्तीय संस्थाले ७५ शाखामार्फत् १४ हजार घरपरिवारलाई वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?