रविको छवि र बालेनको बबाल

Read Time = 15 mins

✍️ शम्भु कोइराला
नमागिएको सल्लाह :
नमागिएको सल्लाहको शृंखला ११० मा ‘नागरिकता, अग्निपथ र बालेन बबाल’ शीर्षकमा बालेनको काम परिपक्व र कानुनसम्मत भएनन् भने बालेन बबालमा परिणत हुनेछन् भन्ने विश्लेषण गरिएको थियो । बालेनका सुरुवाती दिनमा धेरै जनअपेक्षा थियो । जनताले चुनावमा मात्र होइन कामको थालनी गर्दासमेत डोजरको पछि लागेर समर्थन गरेका थिए । केही सानाजस्ता देखिए पनि राम्रा काम भएका छन्, कोटेश्वरबाट भक्तपुर जाने सडकको जडिबुटी चोकमा एउटा घरको कारण सडकको एक लेन नै खोल्न सकेको अवस्था थिएन । सडक विभागको प्रयास, मन्त्रिपरिषद्को निर्णय भए तापनि त्यो लेन खुलेको थिएन । बालेनको डोजरको धक्कापछि अहिले बाटो कालोपत्रे समेत भएर सानो कामले त्यो क्षेत्रको जाम हटाउन ठूलो योगदान गरेको छ ।

फुटपाथ हटाउने पनि उनको प्रशंसनीय काम हो । जीविका गर्न पाउनुपर्‍यो, बाँच्न पाउनुपर्‍यो भन्ने बहानामा जहाँसुकै फुटपाथमा तन्ना विछ्याएर यात्रुको अधिकारलाई कुण्ठित बनाउन मिल्दैन । हामीकहाँ त अनुशासनहीनताले यस्तो सीमा नाघिसक्यो, बीच सडक अवरोध गरेर बसे पनि त्यस्तालाई मानवता र जीविकाका नाममा समर्थन गरिने भडुवा जीविकावादीहरूको कमी हुनेगरेको छैन । जनसमर्थन हुँदाहुँदै पनि मेयर बालेनले आफ्नै काम कारबाहीबाट क्रमशः आफ्नो उचाइ घटाउँदै लगेको हो कि भन्ने अवस्था आएको छ ।

यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने जस्तो जनलहर लिएर उदाएका थिए, जसरी नेपाली जनमानसमा केही हुनसक्छ कि भन्ने आशाको सञ्चार गराएका थिए, त्यो क्रमशः कमजोर बन्दै गएको छ । जुन रफ्तारमा राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको थियो त्यही रफ्तारमा क्षति होला कि भन्ने देखिँदैछ । दिन प्रतिदिन विकसित घटनाक्रमले त्यस्तो संकेत गरिरहेका छन् ।

रविको सामान्य बेवास्ताका कारण उनको सांसद् पददेखि, उपप्रधान तथा गृहमन्त्री, पार्टी सभापतिलगायत सबै हैसियत सिसाको घरमा बज्रपात भए जसरी गल्र्यामगुर्लुम ढल्न पुग्यो । उता चर्चामा रहेका धरानका मेयर हर्क साम्पाङ राईको नगरपालिकाका नीतिगत निर्णय र सहकर्मी जनप्रतिनिधिलाई अन्यौलमा राखेर गरिएको ‘ढुंगा बोकौं अभियान’ जारी छ । नगरपालिकाको मेयर र जनपरिचालनबीच सन्तुलन कायम गर्न नसक्दा नातिगत निर्णय गरेर गर्नुपर्ने धेरै कामहरू अलपत्र पर्ने अवस्था बनेको छ । सस्ता, कर्णप्रिय, जनताको मन छुने जनजीविकाका सवालहरू उठाएर उदाएका नेपाली राजनीतिका वैकल्पिक शक्ति भनेर आशा गरिएकाहरूको अवस्था सबल र कमजोर पक्ष र उनीहरूले सुधार गर्नुपर्ने पक्षका बारेमा यो आलेखमा चर्चा गरिनेछ ।

रविको छवि :
नेपाली कांग्रेसमा कांग्रेसको नीति र सिद्धान्तसँग फिटिक्कै लगाव नभएकी र राजनीतिलाई शक्ति र द्रव्य सञ्चितिको क्षेत्र मान्ने देउवापत्नी आरजुको हैकम, उनैलाई र उनका सिफारिशकालाई समानुपातिकको माथिल्लो सूचीमा राख्ने कारणले यो पंक्तिकारलगायत कांग्रेसमा मतदान गर्दै आएका धेरै मतदाताले समानुपातिकमा रास्वपालाई मतदान गरे, राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार नभएको स्थानको परिस्थिति अलग भयो होला । यसरी रविको पार्टीलाई मतदान गर्नुको उद्देश्य ठूला भनिएका पार्टीलाई पाठ सिकाउन सकिन्छ कि भन्ने हो भने रविले केही परिवर्तन गर्न सक्छन् कि भन्ने अपेक्षा पनि हो । धेरै मतदाताको मनोविज्ञान चाहिँ प्रतिक्रियात्मक थियो भन्न सकिन्छ ।

रविको पार्टीलाई मतदान गर्नुको उद्देश्य ठूला भनिएका पार्टीलाई पाठ सिकाउन सकिन्छ कि भन्ने हो भने रविले केही परिवर्तन गर्न सक्छन् कि भन्ने अपेक्षा पनि हो । धेरै मतदाताको मनोविज्ञान चाहिँ प्रतिक्रियात्मक थियो भन्न सकिन्छ ।

समय बित्दै जाँदा न त रविले आफ्नो छवि कायम गर्न सके न त राष्ट्रिय स्वतन्त्र पार्टीको छवि अपेक्षा गरेनुसार पाइयो । के कारणले यस्तो भयो ? रविका पछि राष्ट्रिय/अन्तर्राष्ट्रिय शक्ति लाग्यो कि ? उनको नियत राम्रो हुँदाहुँदै यस्तो अवस्था आएको हो कि ? भन्ने विषयमा चर्चा गरौं । नेपालमा रूखको पात धेरै हल्लियो वा हल्लिँदै हल्लिएन भने पनि विदेशी शक्तिको चलखेल भयने भने भनेँ अन्यथा मान्नु पर्दैन । झन् भारतको विरोधमा सातहात उफ्रेर राष्ट्रवादी बन्ने जमात पनि ठूलै छ । दिउँसो भारतको चर्को विरोध गर्ने अँध्यारो भएपछि दैदस्तुर उठाउन जानेको जमात त सर्वव्यापी रूपमा जरा गाडेर बसेको छ भनिन्छ । यस्तो ठाउँमा रवि लामिछानेको अप्रत्याशित र अकल्पनीय उदय भएको घटनालाई वैदेशिक शक्तिको चलखेल भनेर घटनालाई रहस्यमयी बनाउनेहरूको कमी छैन ।

चुनावअघिसम्म पर्ख र हेरको अवस्थामा रहेका विदेशी नियोगहरू चुनावबाट रविको हैसियत प्रकट भएपछि भने उनीसँग सम्पर्कमा आउन लालायित बने । चुनावबाट रविको उदय हुनुलाई वैदेशिक चलखेल भयो भनियो भने त्यो नेपाली मतदाताको मतको अपमान हुनेछ । मूलधारका पार्टीको कार्यशैलीबाट अवाक बनेका मतदाताले विकल्प खोजेका हुन् र त्यो वैकल्पिक शक्ति बन्नसक्ने विश्वास रविले मतदाताबाट आर्जन गरेका पनि हुन् । त्यो विश्वासका कारण रवि उपप्रधान तथा गृहमन्त्री बन्न सफल भएका हुन् । राष्ट्रिय शक्तिको कुरा गर्दा रविसँग मूललधारको सञ्चार घरानाका केही व्यक्तिहरूको सम्बन्ध प्रीतिकर नरहेको विषय स्वयं रविले सञ्चारमाध्यममार्फत व्यक्त गरिसकेका छन् ।

सर्पले सर्पको खुट्टा देख्छ भनेजस्तै रविको कमजोर पक्ष सञ्चार क्षेत्रलाई र सञ्चारकर्मी भएको नाताले सञ्चार क्षेत्रका आन्तरिक कमजोर तथा सबलपक्षहरू रविलाई थाहा हुनु स्वाभाविक थियो । मूलधारका पत्रिकाले रविको विषयलाई हेडलाइन बनाएर दैनिक रूपमा प्रकाशन तथा प्रसारण गरेको कुरामा उनको चित्त दुखाइ देखिन्छ । रविको विषयभन्दा राजनीतिक गम्भीर अपराधका घटनालाई खासै महत्व नदिएर उनको विषयलाई मात्र बढी उछालियो भन्ने भनाइलाई सत्य नै मान्दा पनि उनले गल्ती नगरेको अवस्था भएको भए कोही उनीपछि लाग्दा केही हात लाग्ने अवस्था हुने थिएन ।

अमेरिकी नागरिकता परित्याग गरेपछि सम्बन्धित निकायमा गई जानकारी नदिनु उनको कमजोरी हो । त्यसमा नेपालको राजनीति जस्तो सार्वजनिक शौचालयमा प्रवेश गर्नुअघि र पछि सर्वस्नान गर्न जरुरी थियो । उनले आफ्ना कमीकमजोरीलाई धोईपखाली आउनु अनिवार्य थियो । जुन अनिवार्यतालाई उनले अनिश्चित भविष्यको रेखा कोर्ने तन्तु ठानेर जानाजान वेवास्ता गरे, त्यसकारण उनलाई ठूलो परिबन्द आइलाग्यो ।

अब त परिबन्दमा सीमित रहेन, सांसद ढाकाको अडियो प्रकरणले त रास्वपालाइ प्रिपेड पार्टीको हैसियतमा पतन गराइदियो । नेपालका राजनीतिक, संवैधानिक नियुक्ति र कर्मचारी सरुवामा प्रिपेडको विषय सुनिएको हो । तर, भर्खरै स्थापना भएको पार्टीमा मन्त्री बन्न प्रिपेड अवस्था रहनुभनेको घिनलाग्दो अवस्था हो । ठूला पार्टीहरूलाई पनि परिआउँदा पार्टी नजिक बनाइएका आसेपासे पुँजीपतिहरूले सहयोग गर्ने गरेको विषय नौलो होइन ।

फास्ट ट्य्राकबाट बोलपत्र आहृवान गरी विनाप्रतिस्पर्धा कसैलाई ठेक्का दिन रवि लामिछाने किन हतारिएका होलान् ? राजनीति गर्न पैसा नै चाहिन्छ, मौकामा चौका हानिहाल भन्ने मनोविज्ञान रविमा कसरी आयो ? रवि अमेरिकाबाट फर्केको त्यहाँको कमाइ नपुगेर रहेछ कि ?

तर, आफ्नै सांसदलाई मन्त्री हुन रकम चाहिएको र सो रकम दुर्गा प्रसाईं जस्तो चटके मनुवासँग मागेको भन्ने विषय सुन्न पनि कठिन विषय भएको छ । अब प्रश्न उठ्छ त्यति ठूलो रकम प्रिपेड गरेर आएका मन्त्रीले देशको सेवा गर्लान् कि लगानी गरेको रकम उपर असुल गर्नतिर लाग्लान् । यसको स्वाभाविक उत्तर हो-लगानी उठाउन तल्लीन हुनेछन् । जनताको आँखामा छारो हाल्न केही स्टन्ट गर्ने छन् र तुरुन्त उठ्ती धन्धामा लाग्ने छन् । त्यसरी प्रसाईंसँग उठाएको रकम रविको कोर टिमलाई बुझाउनुपर्ने भनाइले त कोर टिम बनाएर नैं असुलीमा लागेकाले प्रश्न सिधैं रवि तिर सोझिन पुगेको छ ।

रविले चितवनबाट चुनाव जित्दा सत्ता र द्रव्यबाट अब्बल ठहरिएका उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गरेर आएका थिए । उनको पक्षमा जनलहर देखिएको थियो । त्यसमा न त शक्तिको राप चाहिएको थियो न त रकमको ताप । नेपाली राजनीतिले शुद्ध पात्रको खोजी गरेको थियो । उमेश श्रेष्ठलाई अत्यधिक मतले पराजित गर्नु पछाडिको जनताको शक्तिलाई रविले बुझ्न नसक्नु नै उनको क्षयीकरणको प्रमुख कारण हो ।

फास्ट ट्य्राकबाट बोलपत्र आहृवान गरी विनाप्रतिस्पर्धा कसैलाई ठेक्का दिन रवि लामिछाने किन हतारिएका होलान् ? राजनीति गर्न पैसा नै चाहिन्छ, मौकामा चौका हानिहाल भन्ने मनोविज्ञान रविमा कसरी आयो ? रवि अमेरिकाबाट फर्केको त्यहाँको कमाइ नपुगेर रहेछ कि ? ढाका प्रकरण र फास्ट ट्य्राक ठेक्का प्रकरणबाट रवि त पुराना नेताभन्दा भोगी र गन्धा देखिएका त होइनन् भन्ने प्रश्न उनको भलो चाहनेहरूले नै गर्न थालेका छन् । गल्ती त भइगए, अबका दिनमा आफ्नो छविमा थप क्षति नपुर्‍याउनबाहेक के नै भन्न सकिन्छ र ?

अर्का जोस् भएका तर होस् नभएका नेता हुन्-मेयर बालेन साह । यिनी काम गर्न खोज्छन् तर फिटिक्कै ढंग पुगेको देखिँदैन । नगरपालिकाको प्रमुख काम फोहोर व्यवस्थापन हो । फोहोर व्यवस्थापनको काममा केन्द्रित नबनी फुटपाथमा हात हाले, मिचेका संरचना भत्काउन लागे, त्यसले नपुगेर पुरातात्विक महत्वको टुकुचाको संरचना भत्काउन पुगे विनातयारी सुकुम्बासी बस्ती खाली गर्न गएर निहत्था नगरप्रहरी सुकुम्बासीको आक्रमणबाट आइसीयूमा भर्ना हुने अवस्था बन्यो । काम कुनै सफल भएका छैनन् । सबै काम अधकल्चो छ । यसैबीच हालैका दिनमा सिंहदरबार र राष्ट्रपति भवनलगायतको फोहोर नउठाउने निर्णय गरेर समाचारको विषय बने ।
सुरुमा उनको काममा जनता नै पछि लागेर प्रतिरक्षा गर्ने अवस्था थियो । अहिले अवस्था बदलिएको छ । उनका कामहरू आलोचनाको विषय बनेका छन् । युवा जोसले होस् पु¥याउनुपर्छ भन्ने भनाइ सबैतिर रहेको छ । युवाको जोशमा अनुभवी सल्लाहकार राखेर परिपक्व तबरले काम गर्नुहोस् मेयर बालेन साहजी । तपाईं र रवि जस्ताले नेपाली जनताको आशामा कुठाराघात गर्न मिल्दैन । मेयर बालेन बन्ने कि बबालिया बालेन बन्ने छनौट तपाईंको ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?