कर्मचारीका छोराछोरीलाई सरकारी बिद्यालयमा भर्ना गराउँन गाउँपालिकाको निर्देशन

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 2 mins

कालीकोट । कालीकोटको महाबै गाउँपालिकाले गाउँपालिका भित्रका सरकारी कर्मचारीका छोराछोरीलाई बैशाख १५ गतेसम्म सरकारी बिद्यालयमा अनिर्वाय भर्ना गर्न निर्देशन गरेको छ ।

महाबै गाउँपालिका शिक्षा समितिले ०७९ फागुन २३ गते गरेको निर्णय कार्यान्वयन गर्न एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

“समयमै भर्ना समयमै ज्ञान, गुणस्तरीय शिक्षा सवैको अभियान” भन्ने मूल नाराका साथ गाउँपालिका भित्र कार्यरत सरकारी कर्मचारीहरूका छोराछोरीहरूलाई यहीँ बैशाख १५ गतेसम्म भर्नागरी गाउँपालिकालाई भर्ना प्रमाण पेश गर्न समेत अनुरोध गरेको छ ।

यसभन्दा अगाडी धेरै स्थानीय सरकारले यो निर्णय गरेपनि कार्यान्वय गर्न चुनौति रहेको थियो । यो निर्णय कार्यान्वयन गर्न सके दुर्गमका सरकारी बिद्यालयमा पढ्ने बिद्यार्थीको भविष्य सफल हुने देखिन्छ ।

शिक्षक, कर्मचारीका छोराछोरी सहर बजारका नीजि बोर्डिङ्ग स्कुलमा पढ्ने तर, गाउँका गरीब तथा आर्थिक अवस्था कमजोर भएका नागरिकहरूका बालबालिका सरकारी स्कुलमा पढ्ने गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?