कर्मचारीका छोराछोरीलाई सरकारी बिद्यालयमा भर्ना गराउँन गाउँपालिकाको निर्देशन

मान बहादुर बिश्वकर्मा कालिकोट, संवाददाता
मान बहादुर बिश्वकर्मा कालिकोट, संवाददाता
Read Time = 2 mins

कालीकोट । कालीकोटको महाबै गाउँपालिकाले गाउँपालिका भित्रका सरकारी कर्मचारीका छोराछोरीलाई बैशाख १५ गतेसम्म सरकारी बिद्यालयमा अनिर्वाय भर्ना गर्न निर्देशन गरेको छ ।

महाबै गाउँपालिका शिक्षा समितिले ०७९ फागुन २३ गते गरेको निर्णय कार्यान्वयन गर्न एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

“समयमै भर्ना समयमै ज्ञान, गुणस्तरीय शिक्षा सवैको अभियान” भन्ने मूल नाराका साथ गाउँपालिका भित्र कार्यरत सरकारी कर्मचारीहरूका छोराछोरीहरूलाई यहीँ बैशाख १५ गतेसम्म भर्नागरी गाउँपालिकालाई भर्ना प्रमाण पेश गर्न समेत अनुरोध गरेको छ ।

यसभन्दा अगाडी धेरै स्थानीय सरकारले यो निर्णय गरेपनि कार्यान्वय गर्न चुनौति रहेको थियो । यो निर्णय कार्यान्वयन गर्न सके दुर्गमका सरकारी बिद्यालयमा पढ्ने बिद्यार्थीको भविष्य सफल हुने देखिन्छ ।

शिक्षक, कर्मचारीका छोराछोरी सहर बजारका नीजि बोर्डिङ्ग स्कुलमा पढ्ने तर, गाउँका गरीब तथा आर्थिक अवस्था कमजोर भएका नागरिकहरूका बालबालिका सरकारी स्कुलमा पढ्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
एसपीपीमा नेपाल सामरिक रूपमा जोडिन मिल्दैन : पूर्वमुख्यसचिव बैरागी निर्वाचन आयोगको निर्णय त्रुटिपूर्ण छ, गगन थापाले गल्ती सच्याउनुपर्छ : कृष्ण सिटौला ५५ वर्षमा राजनीति छाड्ने घोषणा कार्यान्वयन गर्न गगन थापालाई मोहन बस्नेतको चुनौती कांग्रेसलाई एकताबद्ध बनाउन देउवाको भूमिका निर्णायक : लेखक मानवअधिकार आयोगमा ध्यानाकर्षण पत्र बुझाउन पुगेका लघुवित्तपीडित गेटमै रोकिए न्यायपालिकालाई जनताको अधिकारमा केन्द्रित बनाउन सबै पक्षको भूमिका आवश्यक : न्यायाधीश ढुंगाना अभिनेत्री वर्षा सिवाकोटीले नाइमा २०२६ मा गरिन् एमजी एस६ बुकिङ मन्त्री स्टन्टमा व्यस्त, बजारमा जनताको याचना-‘सरकार ! ग्यास देऊ’ बागलुङमा पहिरोले दर्जन घरमा क्षति, ४० घर जोखिममा सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले लिए पद तथा गोपनीयताको शपथ