स्वस्तिका र शिभालीको जोडी च्याम्पियन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपालका स्वस्तिका विष्ट र शिभाली गुरुङको जोडी २०औँ जयकर स्मृति एटिएफ यू-१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट-१ को गल्र्स डबल्समा च्याम्पियन बनेको छ । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा स्वस्तिका र शिभालीको जोडीले नेपालका प्रशंसा मोक्तान र आद्या पौडेलको जोडीलाई ६-४ र ६-२ को सोझो सेटमा पराजित गर्‍यो ।

मन जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको ब्वाइज सिंगल्समा भारतका भिभान मिर्धा पहिलो हुनुभयो । फाइनलमा भिभानले नेपालका आयुशमान हजुर घलेलाई ५-७, ७-६ (३) र ६-२ को सेटमा हराउनुभयो ।

ब्वाइज डबल्समा पाकिस्तानका जोहेब अफ्जल मलिक र यमनका हमुद इयाडको जोडीले हङकङका छुइन हेइ करिसन फुङ र छियोङ मोरिस ताङको जोडीलाई ६-० र ६-४ तथा भारतका सिद्धार्थ जिबु र भारतका भिभान मिर्धाको जोडीले नेपालका बोरिस अधिकारी र निशाद जोशीको जोडीलाई ६-४ र ६-२ को सोझो सेटमा पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरे ।

ब्वाइज डबल्सको फाइनल शनिबार हुनेछ । शनिबारै गल्र्स सिंगल्सको फाइनल पनि हुनेछ । गल्र्स सिंगल्सको उपाधिका लागि नेपालका शिभाली गुरुङ र आद्या पौडेल भिड्नुहुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?