शीतलताको कामना गर्दै ‘जुडशीतल’ मनाइँदै

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 3 mins

सर्लाही । मिथिलाञ्चल क्षेत्रमा परम्परागत रुपमा मनाइदैं आइएको जुड शितल पर्व शनीवार धुमधामको साथ मनाइँदैछ ।

बढ्दो गर्मीबीच मिथिलामा आज नयाँ वर्ष २०८० प्रारम्भसँगै जीवनमा शीतलताको कामना गर्दै मनाइने ‘जुड–शितल’ पर्व सुरु भएको छ । होली पर्वमा रंग अविरले खेलिए जस्तै यस पर्वमा हिलो र पानीले खेलिने गरिन्छ । पहिले पहिले यो पर्वमा बिहान उठेर सम्पुर्ण गाउंवासीहरु मिलेर एकत्रित भई एक अर्कामाथि हिलो, माटो, पानी र खरानी छ्यापेर खेलिने गरिएको थियो तर अब आधुनिकता हावि हुंदै जांदा यो पर्व लोपोन्मुख हुंदै गएको स्थानीयहरु बताउँछन ।

सौरमास गणनाले विक्रम संवत् परम्पराको नयाँ वर्ष प्रारम्भसँगै यो पर्व दुई दिनसम्म मनाइन्छ । जीवनमा शीतलता जोड्ने भावमा ‘जुड’ र ‘शीतल’ जोडेर ‘जुड–शीतल’ वा ‘जुडशीतल’ भन्न लागिएको यहाँ विश्वास गरिन्छ । पहिलो दिन (वैशाख सङ्क्रान्ति) चना (बदाम), जौँ, मकै, कँगनो, गहुँ, चामल र मुँगसहित सातथरि खाद्यान्नको सातु र माटोको अङ्खरामा सखरको सर्वत बनाएर कूलदेवतालाई चढाएपछि कूलपुरोहित, ब्राह्मण र साधुहरूलाई दान गरिन्छ । बढ्दो र्गमीमा शीतल दिने चना, मुँग र जौँका परिकार यस पर्वमा विशेष मानिन्छन् ।

पहिलो दिन सातु र सर्वत दान दिएर यिनै परिकार खाइने यो विधिलाई मिथिलामा ‘सतुवाइन’ भन्ने गरिएको छ । पर्वको दोस्रो दिन अर्थात् वैशाख २ गते घर–घरमा परिवारका श्रेष्ठजनले आपूmभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशीर्वाद दिने गर्दछन् । नयाँ वर्षले जीवनमा शीतलता प्रदान गर्न सकोस् भन्ने पर्वको मुख्य सन्देश रहेको मिथिला संस्कृति र परम्पराका ज्ञाताहरूको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?