गायनमा निमा

Read Time = 3 mins

काठमाडौं । आधा दशकदेखि निरन्तर गायनमा सक्रिय हुनुहुन्छ सिन्धुपाल्चोक, तातोपानी-२ का स्थानीय निमा पाख्रिन अर्थात् दिलबहादुर तामाङ । उहाँ खासगरी युवापुस्तामाझ लोकप्रिय हुनुहुन्छ । नेपाली गीतसंगीतलाई अंगाल्दा पनि व्यक्तिको भविष्य सुनिश्चित हुनसक्ने वातावरण बनिसकेको बुझनुभएका गायक निमा स्टेज कार्यक्रममा बढी रुचाइने कलाकारमा पर्नु हुन्छ । ‘मेरो सम्झनामा तिमी’ बोलको गीत रेकर्ड गराएर यस क्षेत्रमा प्रवेश गर्नुभएका निमाले दर्जनौं गीतमा आफ्नो स्वर दिनुभएको छ । उहाँका ‘माथि माथि’, ‘तोङ्बाको तातोपानी’, ‘सपनाकी रानी’, ‘देखेको आजै’लगायत गीत चर्चामा छन् ।

आधुनिक लोकपप, गजलदेखि लिएर जुनसुकै विद्याका गीतमा गाउने दाबी गर्नुहुने निमा थोरै गीत गाउने त्यो पनि छानेरमात्र गाउने आफ्नो रुचि भएका कारण गाएका सबै गीतले चर्चा पाएको बताउनुहुन्छ । निमा गायन सँगसँगै संगीत सिर्जनामा त्यतिकै सक्रिय हुनुहुन्छ । उहाँको आफ्नै शब्द, संगीतमा ‘दशैँ आयो’, ‘यो साथ’, तिमीनै मेरो माया’, ‘यादहरू’लगायत गीत छन् ।

उहाँका तामाङ सेलो ‘लोसाहर मेला’, ‘काठमाडौं शहर’, ‘फ्यानको हावाले’, ‘ओइ साली आउ कान्छी’ र तामाङ भाषाको गीत ‘यक्लो यो ज्यान प¥योलगायत थुप्रै गीतहरू श्रोता/दर्शक माझ आइसकेका छन् । यस्तै ‘माया तिमीलाई’ र ‘हिमाली खर्क’ बोलका गीतको भिडियो छायांकन भइसकेको र रिलिजको शङ्घारमा रहेको उहाँले जानकारी गराउनुभयो ।

हालै सम्पन्न रोयल मुभिज प्रा.लि.को प्रस्तुति ‘चौथो ज्योति फिल्मस् म्युजिक अवार्ड २०७९’ मा तामङ सेलो गायकबाट अवार्ड चुम्न सफल गायक निमा दर्जन बढी संघसंस्थाद्वारा पुरस्कार, सम्मान र प्रशंसापत्र प्राप्त गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?