कोष र स्वस्तिक लघुवित्तबीच सहकार्य

Read Time = 1 min

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोष र स्वस्तिक लघुवित्त वित्तीय संस्थाबीच पशुधन सुरक्षण गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा कोष शाखा कार्यालय जनकपुरका प्रमुख जीवन सापकोटा र स्वस्तिक लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत धिरेन्द्रलाल कर्णले हस्ताक्षर गर्नुभएको छ ।

लघुवित्तले आफूले प्रदान गरेको कर्जाबाट ऋणीले खरिद गरेका पशुधन सुरक्षण कोषमार्फत् गर्नेछ । सुरक्षण हुने पशुधनको कुल सुरक्षण रकमको पाँच प्रतिशत वार्षिकरूपमा सुरक्षण शुल्क लाग्नेछ ।

सोको ८० प्रतिशत सरकारले बेहोर्ने र बाँकी २० प्रतिशत स्वस्तिक लघुवित्त वित्तीय संस्थाले कोषमा जम्मा गर्नुपर्नेछ । कोषमा सुरक्षित पशुधनको क्षतिपूर्तिबापत सुरक्षण लेखमा उल्लेखित सुरक्षणको ९० प्रतिशतले हुन आउने रकम संस्थाले दाबी गर्न सक्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?