सुनको मूल्य बढ्यो

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौ । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । मंगलबारदेखि बढ्न सुरू गरेको सुनको मूल्यले यस दिन पनि निरन्तरता पाएको छ । बुधबार तोलामा ५०० रुपैयाँ बढेको सुनको मूल्य बिहीबार अघिल्लो दिनको तुलनामा प्रतितोला ८०० बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख १३ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ४६५ रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रुपैयाँ बढेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?