कृषि बैंक र नेपाल रेमिटबीच सम्झौता

Read Time = 1 min

काठमाडौं । विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेसनल प्रालि र कृषि विकास बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल रेमिटका प्रमुख कार्यकारी अधिकृत सागर खनाल र कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरूङले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौतासँगै नेपाल रेमिटमार्फत् विश्वका विभिन्न स्थानबाट बैंकिङ च्यानलमार्फत् पठाएको रकम देशका ७७ जिल्लामा नै सम्बन्धित व्यक्तिले बैंककोे शाखा कार्यालयमार्फत् सरल तरिकाबाट प्राप्त गर्न सक्नेछन् । साथै कृषि बिकास बैकसँगको सम्झौतासँगै नेपाल रेमिटले देशभर १२ हजारभन्दा बढी स्थानबाट सेवा प्रदान गर्न सक्ने कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?