लखनउमाथि पन्जाबको रोमान्चक जित

हिमालय टाइम्स
Read Time = 1 min

लखनउ। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सलाई पञ्जाब किङ्सले हराएको छ ।

शनिबार राति लखनउको घरेलु मैदानमा पञ्जाबले २ विकेटको रोमाञ्चक जित निकालेको हो । पञ्जाबको यो तेस्रो जित हो ।

लखनउले दिएको १ सय ६० रनको लक्ष्य पञ्जाबले १९ ओभर ३ बलमा ८ विकेट गुमाएर भेट्टायो । पन्जाबको जितमा सिकन्दर राजाले ५७ अर्धशतकीय इनिङ खेले ।

त्यसअघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५९ रन बनाएको थियो । लखनउका लागि कप्तान केएल राहुलले सर्वाधिक ७४ रनको अर्धशतकीय इनिङ खेले ।

पञ्जाबले पाँच खेलमा ६ अंक जोडेको छ । पञ्जाब अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । समान खेलमा ६ अंक नै रहेको लखनउ दोस्रो स्थानमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?