हुम्लाको सिमकोटमा नयाँ बसपार्क शिलान्यास

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 1 min

हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका-५ को तल्लो गाउँस्थित शिवमन्दिर नजिक मैनाघाडामा नयाँ बसपार्क निर्माण गरिने भएको छ ।

सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले एक आयोजित कार्यक्रममा निर्माणाधिन बसपार्क शिलान्यास गर्नुभएको हो । हुम्लामा सडक सञ्जालले जोडिने अवस्था नजिकै पुग्दा पहिलो पटक हुम्लामा नयाँ बसपार्कलाई सुविधासम्पन्न बनाउने उद्देश्यले कर्णाली प्रदेश सरकारबाट आर्थिक रकम जुटाएपछि बसपार्क निमार्ण हुने भएको हो ।

पहिलो चरणमा रु ४५ लाख लगानीमा तयार हुने सो बसपार्कमा पञ्च बर्षियरुपमा लगानी गर्ने भएको छ । बसपार्क भित्र दिवाल उठाउने पहिलो बर्ष भएको निमित्त कार्यकारी अधिकृत उजीर रोकायाले बताउनुभयाे । यो बर्षमा काम सम्पन्न गर्ने गरी उपभोक्तासमितिलाई निर्माण कामको जिम्मा दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?