विद्यार्थीलाई महालक्ष्मीद्वारा छात्रवृत्ति

Read Time = 2 mins

काठमाडौं । महालक्ष्मी विकास बैंकका शाखाहरूले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालय, टोल सुधार समिति र मन्दिरलाई सहयोग कार्यक्रम आयोजना गरेका छन् । सो अवसरमा बैंकको बानेश्वर शाखाले काठमाडौं महानगरपालिका-३२ सुविधानगरस्थित तीनकुने टोल सुधार समितिलाई ५० थान डस्टबिन हस्तान्तरण गरेको छ ।

बानेश्वर शाखाका प्रमुख विकास रावलले समिति अध्यक्ष विश्वराज कार्कीलाई सामग्री हस्तान्तरण गर्नुभएको हो । त्यसैगरी वीरगञ्ज शाखाले पनि अलखिया मठ सञ्चालक समितिलाई खानेपानीको ट्यांकी तथा डस्टबिन हस्तान्तरण गरेको छ । शाखा प्रमुख पुरुषोत्तम अधिकारीले समितिका अध्यक्ष सुपेन्द्रबहादुर श्रेष्ठलाई सामग्री हस्तान्तरण गर्नुभएको हो ।

सोही अवसरमा बैंकको बिचबजार-धादिङ शाखाले निलकण्ठ नगरपालिका-७ स्थित कर्णेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति हस्तान्तरण गरेको छ । बैंकले गरिब तथा जेहेन्दार पाँचजना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो । बिचबजार-धादिङ शाखा प्रमुख खिलप्रसाद सिलवालले विद्यालयका प्रधानाध्यापक विष्णुहरि अधिकारीलाई छात्रवृत्ति रकमको चेक हस्तान्तरण गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?