मणि शर्मा
कतिपय कुराहरू हेर्दा सामान्य लाग्छ तर त्यसको परिणाम पछि गएर भयानक हुन्छ । रवि लामिछाने गृहमन्त्री हुँदा राष्ट्रिय परिचयपत्रको ठेक्का विदेशी कम्पनीलाई दिएको चर्चाले समाचार ततायो । उनले आफूअघिको गृहमन्त्रीको पालामा यसको प्रकृया अगाडि बढेको, आफूले अन्तिममा निर्णयमा सहीमात्र गरेको भनी आफ्नो शरीरको धूलो झार्ने काम गरे । उनमा यदि देशभक्तिको भावना हुन्थ्यो भने उनले त्यसलाई रोक्न सक्थे । उनको सहीको मूल्य कमिसनमा गएर तेर्सिन्छ । ढाका श्रेष्ठको दुई करोडको प्रसंगले उनको वास्तविकता उदांगो भएको छ । ढाका श्रेष्ठमाथि कारबाही हुनु तर दुई करोड माग्ने कोर टिमलाई क्लिन चिट दिनुले नै उनी पनि अरू गणतन्त्रवादी नेताभन्दा फरक छैनन् भनेर पुष्टि गर्छ ।
दुर्गा प्रसाईंको भनाइलाई मान्ने हो भने ढाका श्रेष्ठको अडियो केपी ओलीलाई सुनाउँदा ओलीले यिनी पनि कमाउनै आएका हुन् भनेर अडियोको महत्व दिएनन् । अर्थात् गणतन्त्रवादीहरूको राजनीति कमाउनका लागि मात्र रहेछ भनेर यसले प्रमाणित गर्छ, यसलाई देशको गिर्दो आर्थिक अवस्थाले पनि पुष्टि गर्छ । रविले आफ्नो नाममा फाउण्डेशन खोली पैसा उठाउने गरेको रसिद पनि अहिले बाहिरिएको छ । यसअघि धुर्मुस सुन्तली फाउण्डेशनलाई यसरी देश विदेशमा रहेका नेपालीहरूले रंगशाला बनाउन प्रचुरमात्रामा आर्थिक सहयोग गरेका थिए तर त्यो पैसा कहाँ गयो पत्तै भएन ।
सामाजिक कार्यको नाममा नेपालीहरूलाई ठग्ने गिरोहले धन्दा चलाएर सामाजिक कार्यको बदनाम गर्ने गरेका छन् । जब कि राष्ट्रिय परिचयपत्र बनाउने कानुन अहिलेसम्म नबनेको कुरा छरपष्ट भइसकेको छ । विनाकानुनको कसरी नागरिक परिचयपत्र बनाइरहेको छ राज्यले ? सबैले परिचयपत्र बनाएपछि मात्र कानुन बनाउने लक्ष्य सरकारले राखेको छ । नागरिकता प्रमाणपत्र हुँदाहुँदै राष्ट्रिय परिचयपत्र किन चाहियो ? त्यसको तर्कसंगत पुष्टि सरकारले गर्न सकेको छैन ।
रवि लामछाने यदि देशभक्त हुन्थे भने नेपाली नागरिकहरूको व्यक्तिगत विवरण राख्ने जिम्मा इण्डिया वा कुनै पनि विदेशी शक्तिलाई दिइने थिएन । उनी वाकपटु छन्, जनतालाई भावनात्मक ब्ल्याकमेल गरी बहकाउन सक्छन् ।
राष्ट्रिय परिचयपत्रको सफ्टवेयर बनाउने जिम्मा इण्डियन कम्पनीलाई दिइएको छ । यसरी नेपालको प्रत्येक नागरिकको व्यक्तिगत विवरण इण्डियासँग हुन्छ । यो देशको राष्ट्रिय स्वतन्त्रता तथा सार्वभौमसत्ताका लागि चिन्ता तथा भयको विषय हो । रवि लामछाने यदि देशभक्त हुन्थे भने नेपाली नागरिकहरूको व्यक्तिगत विवरण राख्ने जिम्मा इण्डिया वा कुनै पनि विदेशी शक्तिलाई दिइने थिएन । उनी वाकपटु छन्, जनतालाई भावनात्मक ब्ल्याकमेल गरी बहकाउन सक्छन् र नेपाली जनता चाँडै नै भावनामा बग्ने प्राणी हुन् । भावनामा बग्नु देशको लागि खतरनाक हो ।
यसअघि नै यिनी गणतन्त्रवादी नेताहरूले भूमिसुधार मन्त्रालयको सफ्टवेयर बनाउने जिम्मा दिल्लीको एउटा कम्पनीलाई दिएको कुरा उक्त मन्त्रालयका एकजना निवर्तमान अधिकृतले बताएका थिए । उनको भनाइअनुसार नेपालको भौगोलिक नक्सासहित कुन व्यक्तिको कति जग्गा जमिन छ त्यसको विवरण दिल्लीमा हुन्छ । यसरी यी नेताहरूले नेपालका सबै गोपनीयता इण्डियालाई बुझाइसकेका छन् । नेपालको नागरिकता त विदेशीहरूका लागि सार्वजनिक भण्डारा जस्तै भएको छ । नेपालमा ख्रिष्टानीकरण वनमा लागेको डढेलो जस्तै बढिरहेको छ भने इस्लामीकरण भुसको आगो झैँ ।
यो धर्मनिरपेक्ष संघीय गणतन्त्रको देन हो । नेपालको तराईमा इस्लामिक आतंकवादी संगठन विस्तार भइरहेको छ । विदेशी शंकास्पद मानिसहरू यहाँ आएर लुक्ने गर्छन् । प्रहरी र अनुसन्धान आँखामा पट्टी बाँधेर बसेको छ । सिडियो केही बोल्दैनन् । धार्मिक दंगा हुँदा सनातन धर्मावलम्बीलाई धैर्य धारण गर्न भन्छन् । कसैलाई ज्यान मार्ने धम्की दिँदा प्रहरीले कारबाही गर्दैन । मैले साहिह अल बुखारीको पुस्तक सुरा (अहजाबकाट इस्लाम धर्मगुरूको बारेमा फेसबुकमा सेयर गर्दा जो भोलिपल्ट मेटाइसकेको थिएँ, एक दिन राति दुईजना केटाहरू मेरो घर बाहिर आएर मलाई ज्यान मार्ने धम्की दिएर गए ।
मैले जिल्ला प्रशासनमा शान्ति सुरक्षाका लागि निवेदन दिएँ, निवेदन जिल्ला प्रहरी कार्यालयमा पुग्यो । प्रहरीले ती केटाहरूको नाम सोध्यो, रातिको अँधेरामा केटाहरूलाई चिन्न सकिन र नाम पनि थाहा भएन । तर, तीमध्ये एउटाले अक्सर लगाउने सर्ट र हिँडाइका आधारमा उसको वासस्थानको अवस्थिति बारे प्रहरीलाई बताएँ तर प्रहरीले कारबाही गरेन । एकजना प्रमुख जिल्ला अधिकारीसँग नियम कानुनको उल्लंघन आदि विषयमा कुरा गर्दा उनको भनाइ थियो, हामी केही गर्न सक्दैनौं । नियम कानुनको उल्लंघन आदि गर्नेलाई कारबाही गर्न थाल्यौं भने कि त नेता आफैं आएर वा फोनमार्फत हाम्रो मान्छे हो उसलाई केही पनि नगर्नु होला भनेर दबाब दिन्छन् ।
केही गर्न खोज्यो तुरुन्त सरुवा गरिदिन्छन् । हाम्रो काम भनेको जसरी हुन्छ जिल्लामा शान्ति सुरक्षा कायम गर्नुमात्र हो । यति गरेमात्र हाम्रो ठूलो उपलब्धि मानिन्छ । पञ्चायत कालमा यस्तो आतंकवादी गतिविधि गर्ने हिम्मत कसैको हुँदैनथ्यो । नेपाल घुम्न आउने इण्डियनहरूले नै भन्ने गर्थे नेपालको कानुन धेरै कडा छ । हाम्रो देशमा पनि यस्तै कानुन भइदिए हुन्थ्यो । गणतन्त्र आएपछि अवस्था उल्टो छ । हिजो इण्डिया जस्तो थियो आज नेपाल त्यस्तै भएको छ, हिजो नेपालको कानुन जस्तो थियो त्यस्तो आज इण्डियामा छ ।
इण्डिया र अमेरिका नेपाल आतंककारीहरूको आश्रयस्थल भएको छ भनेर आरोप लगाउने गर्छन् । कुनै दिन अमेरिकाले आतंकवादी मार्ने निहुँमा बम वर्षा गर्न सक्छ, जसका चपेटामा निर्दोष नेपालीहरू पनि पर्नेछन् । इण्डियन प्रहरीका लागि त नेपाल पसेर मान्छे मार्ने सामान्य कुरा भयो । सीमा रक्षक नेपालीलाई त दिउँसै आएर हत्या गर्छन् भने आतंकवादीका नाममा यहाँ आएर हत्या गर्नु सामान्य कुरा हो । यो पराधीन व्यवस्थाले नेपाललाई आर्थिकरूपमा टाट पल्टाउनै लागेको छ साथै राजनीतिक रूपमा पनि टाट पल्टाएर जानेछ । हिजो नेपालको जुन सम्मान थियो आज सबै धूल धूसरित भइसकेको छ । हामी नेपाली आज एउटा गुलाम व्यवस्थाको छायामुनि छौं ।
आतंकवादी गतिविधिमा लागेका सबै इण्डियाबाट आएर यहाँ नागरिकता लिएका समुदायहरू छन् । पृथ्वीनारायण शाहले राष्ट्र एकीकरणका लागि बनारसबाट ल्याएका मुसलमानहरूको राष्ट्रिय एकीकरणमा महत्वपूर्ण योगदान छ । यिनीहरू देशभक्त छन् जो अहिले काठमाडौंलगायत पहाडमा छरिएर बसेका छन् । अर्को करिब दुई सय वर्षभन्दा पहिला स्वतन्त्र कश्मिरबाट आएर काठमाडौंमा बसेका मुसलमान जो नेपालप्रति बफादार छन् । इण्डियाबाट आएर बसेका खास गरी २०६३ सालपछि नागरिकता पाएकाहरूबाट नेपालका लागि खतरा छ । यिनीहरूको दोहोरो नागरिकता छ ।
यिनीहरू न त इण्डियाप्रति बफादार छन् न त नेपालप्रति नै । बरू यिनीहरूले खाँटी देशभक्त मुसलमानलाई भड्काउने काम गर्नुका साथै सनातन धर्मावलम्बीलाई लोभ प्रलोभनमार्फत धर्मान्तरण गराइरहेका छन् । नेपालमा पुष्पकमल दाहाल, डा.बाबुराम भट्टराई र उनीहरूको संगठन माओवादीले नै यसको थालनी गरेको हो । आतंकवादीहरूले आतंकवादीहरूलाई नै आयात गर्छन् । उसलाई साथ दिने दलहरू आतंकवादीका मतियार हुन् ।
सनातन धर्मावलम्बीहरूमा एकता छैन, एउटालाई पर्दा अर्को रमिते बन्दछन् । एउटा व्यक्ति वा परिवारलाई धर्मान्तरण गर्दा उनीहरूले चाल गर्दैनन् । उनीहरू यो कुरा बुझ्दैनन् आज एकजना वा एउटा परिवारको धर्मान्तरण गर्नेहरूले भोलि उनीहरूका सन्तानलाई पनि धर्मान्तरण गराउन सक्नेछन् । राजा जयसिंह आमेर अजमेरका राजा थिए । उनी राजा मानसिंहको नाति थिए जसले आफ्नी बहिनीको विवाह अकबरसँग गरिदिएका थिए । जयसिंह सन् १६२७ मा गद्दीमा बसे । उनी औरंगजेबको प्रियपात्र थिए । औरंगजेब पूरै हिन्दूस्तानलाई इस्लामिक मुलुक बनाउन चाहन्थे तर शिवाजीको कारण उनी सफल हुन सकेका थिएनन् । उनी धूर्त थिए ।
उनले शिवाजीसँग मित्रता गर्न खोजे र यसको बदलामा २४ वटा किल्ला मागे तर शिवाजीले दिन मानेनन् । सन् १६६४ मा शिवाजीले सूरतमाथि आक्रमण गरेर मुगलहरूको ती सारा धन सम्पत्ति खोसे जुन उनीहरूले हिन्दूहरूबाट खोसेका थिए । औरंगजेब रिसले चूर भएर मामा शाइस्ता खान र अफजल खानलाई शिवाजीमाथि आक्रमण गर्न पठाए । शिवाजीले पुनाको लालमहलमा शाइस्ता खानका औंलाहरू काटिदिएपछि ऊ फौज लिएर भाग्यो । त्यसपछि औरंगजेबले वीर योद्धा राजा जयसिंहलाई शिवाजीमाथि आक्रमण गर्न भने । जयसिंहले युद्धमा जानुअगाडि एक सहस्त्र चण्डी यज्ञ गराए ।
जो आफ्नो देशको, आफ्नो धर्मको हुन सकेन ऊ मालिकप्रति कसरी बफादार रहिरहन सक्छ भन्ने शंका सदैव मालिकमा रहन्छ । हाम्रा देशका यस्ता व्यक्तिहरूको पनि एकदिन अवस्था यही हुने हो । तैपनि गुलाम, मालिकको सानिध्य पाउन सदैव लालायित हुन्छन् ।
जयसिंह आफूलाई रामको वंशज भन्थे । शिवाजीले जयसिंह आउँदैछ भनेर थाहा पाएपछि कवितामा उनलाई एउटा पत्र लेखेका थिए । त्यसको केही अंश हे रामचन्द्रको वंशज, तपाईंबाट क्षत्रीयहरूको सम्मान माथि गइरहेको छ । सुन्दैछु तपाईं दक्षिणतिर आक्रमणका लागि आउँदै हुनुहुन्छ । तपाईंलाई के थाहा छैन, यो देशको धर्म र इज्जत बर्बाद हुनेछ । यदि मैले मेरो तरबारको प्रयोग गरेँ भने दुवैतर्फ हिन्दूहरू नै मारिनेछन् ।
उचित त यो हुनेछ तपाईले धर्मको दुश्मन इस्लामको जरा नै उखेलिदिनुहोस् । तपाईंलाई थाहा छैन र यसले हिन्दूहरू माथि के अत्याचार गरेको छ । यो मानिससँग बफादारीको के फाइदा ? तपाईंलाई थाहा छैन, यसले आफ्ना पिता शाहजहाँलाई के गरेको थियो । हामी मिलेर हिन्दू देश, हिन्दू धर्म र हिन्दूहरूका लागि लड्नुपर्छ । हामीले आफ्ना तरबार र युक्तिले दुश्मनलाई जस्ताको त्यस्तै जवाफ दिनुपर्छ । यदि तपाईंले मेरो सल्लाह मान्नु हुन्छ भने तपाईंको लोक परलोकमा नाम हुनेछ ।
तर, जयसिंहले शिवाजीको शर्त सन्देशलाई दुत्कार्दै औरंगजेबप्रति बफादार हुँदै आफू हिन्दू राजा भएर पनि एउटा हिन्दू राजामाथि आक्रमण गर्न विशाल सेना लिएर गए । युद्धमा जयसिंहको विशाल सेनाको अगाडि शिवाजी पराजित भएर आत्मसमर्पण गरे र पुरन्दरको सन्धि गर्न बाध्य हुन्छन् । जसअनुसार शिवाजीले ३५ किल्लामध्ये २३ किल्ला जसको वार्षिक आम्दानी चार लाख वार्षिक थियो र १२ किल्ला जसको वार्षिक आम्दानी एक लाख थियो मुगललाई दिए ।
तर, आफ्नो जाति र आफ्नो धर्मसँग गद्दारी गर्ने जयसिंहलाई धर्मको विरुद्ध आचरण गरेकोले त्यसको फल भोग्नुपर्छ । जयसिंह तीक्ष्ण दिमाग र युद्ध कौशलमा पारंगत योद्धा थिए । औरंगजेब स्वंय धूर्त थिए । उनी एउटा रणकौशल गैरइस्लाम योद्धामाथि विश्वास गर्दथे । उनी जयसिंहबाट त्रसित तथा आशंकित रहन्थे । आफूप्रति अत्यन्त बफादार भए पनि औरंगजेबले उनलाई विश्वास गरेनन् । ८ सेप्टेम्बर १६६७ मा आगराबाट बुहरानपुर जाँदै गरेका जयसिंहलाई उनले विष दिएर हत्या गर्न लगाए । जतिसुकै बफादार र आज्ञाकारी भए तापनि मालिकले आफ्नो गुलामलाई कदापि विश्वास गर्दैनन् ।
जो आफ्नो देशको, आफ्नो धर्मको हुन सकेन ऊ मालिकप्रति कसरी बफादार रहिरहन सक्छ भन्ने शंका सदैव मालिकमा रहन्छ । हाम्रा देशका यस्ता व्यक्तिहरूको पनि एकदिन अवस्था यही हुने हो । तैपनि गुलाम, मालिकको सानिध्य पाउन सदैव लालायित हुन्छन् । निम्ता आएका ठाउँमा नगएर आफ्नो पदको प्रमाणपत्र बुझाउन मालिकको जीहजुरी गरिरहेको दृश्यले गुलामको हैसियत कति हुन्छ भन्ने प्रमाण दिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच