विद्यार्थी खोज्न घरदैलो अभियान

सुरेश धामी बझाङ, संवाददाता
Read Time = 3 mins

बझाङ । बझाङको थलारा गाउँपालिका-८ मा रहेको कालिका आधारभुत विद्यालयले विद्यार्थी भर्नाका लागि घरदैलो अभियान सञ्चालन गरेकाे छ । सोमबार देखि थलारा गाउँपालिका-८ का विभिन्न टोलमा प्लेकार्डसहित विद्यालय परिवार घरदैलो अभियानमा निस्किएको हो । विद्यालयका प्रधानाध्यापक गगन शाहीले विद्यार्थीलाई समयमै भर्ना गराउन विद्यार्थीसहित शिक्षिक-शिक्षिका अभिभावकको घरदैलोमा पुग्ने गरेको बताउनुभयो । उक्त विद्यालय कक्षा ५ सम्म संचालन भएको छ ।

‘हामी सबैको इच्छा, अनिवार्य निशुल्क शिक्षा’, हाम्रो पालिका हाम्रो गाउँ, सबै बालबालिका विद्यालय पुर्‍याऔं’, ‘समयमै भर्ना समयमै ज्ञान, गुणस्तरिय शिक्षा सबैको अभियान’ लगाएतका रचनात्मक प्लेकार्ड हातमा बोकेर विद्यार्थी र शिक्षकहरुले विद्यार्थीलाई समयमै विद्यालय भर्ना गराउनका लागि घरदैलो अभियान संचालन गरेका छन् ।

प्रधानाध्यापक शाहीले भन्नुभयो, ‘अभिभावकलाई विद्यालयको गुणस्तरीय शिक्षाका बारेमा जानकारी दिँदै भर्ना गर्न आग्रह गरिरहेका छौँ । विद्यार्थीहरु न्युन भर्ना भएपछी हामीले उक्त घरदैलो अभियान चलाएका हौ । सामुदायिक विद्यालयमा अध्ययन गर्दा न्यून शुल्कमा गुणस्तरीय शिक्षा आर्जन गर्न सकिन्छ भनेर अविभावकहरुलाई बुझाउन पनि अभियानले भुमिका खेलेको छ ।’

विद्यालयमा छात्रवृत्तिलगायतका थुुप्रै सुविधा भएपनि न्युन संख्यामा विद्यार्थी भर्ना हुँदा उक्त अभियान संचालन गर्नु परेको प्रधानाध्यापक शाहीले बताउनुभयो । उहाँलगाएत विद्यालयको टोली टोल-टोलमा पुगेर बालबालिकालाई विद्यालयमा भर्ना गर्न आग्रह गरिरहनुभएको छ । सरकारले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि दिवाखाजालगायत सेवा सुविधा उपलब्ध गराए पनि विद्यालयमा न्यून विद्यार्थी भर्ना हुने गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?