पाँचौँ राष्ट्रव्यापी स्ट्रिट वर्कआउट प्रतियोगिता शनिबार हुने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली युथ फिटनेस एण्ड केलिस्थेनिक्स (एनवाइएफसी) संस्थाको आयोजनामा पाँचौँ राष्ट्रव्यापी स्ट्रिट वर्कआउट प्रतियोगिता शनिबार हुने भएको छ । हिमालयन क्विस्टा प्रोको (प्रोटिन सप्लिमेन्ट कम्पनी) मुख्य प्रायोजनमा शनिबार नक्सालस्थित नारायण चौरमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ ।

बार वर्कआउट र सर्किट वर्कआउट गरी दुई विधामा हुने प्रतियोगितामा पुरुष बार, पुरुष सर्किट, महिला सर्किट, सिनियर ४० वर्षमाथिको सर्किट र अण्डर १६ बार गरी ५ समूहमा नेपालभरिबाट ३५० देखि ४०० खेलाडीहरूले प्रतिस्पर्धा गर्ने आयोजकले पत्रकार सम्मेलनमा जानकारी गरायो । त्यसबाट छनोट भएका अन्तिम २०० खेलाडीले फाइनलका लागि प्रतिस्पर्धा गर्नेछन् ।

बार वर्कआउट र सर्किट वर्कआउटको संयुक्त विधामा कम समयमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विजयी घोषित गरि फिटनेस एथलेट उपाधिसहित नगद ५१ हजारका साथ स्वर्ण पदक र प्रमाणपत्र प्रदान गरिनेछ ।

विधागत प्रथम, द्वितीय तथा तृतीय हुने खेलाडीलाई क्रमशः नगद २० हजार, १५ हजार र १० हजार नगदसहित प्रमाणपत्रबाट सम्मान गरिनेछ । प्रतियोगिताको अनुमानित बजेट २० लाख रहेको आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?