एसीसी प्रिमियर कप : नेपालले फिल्डिङ गर्ने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

घरेलु टिम नेपालले मलेसियाविरुद्धमा टस हारेर पहिले फिल्डिङ गर्ने भएको छ ।

टीयू क्रिकेट मैदानमा सुरु भएको खेलमा मलेसियाविरुद्ध नेपालले टस हारेको हो । मलेसियाले टस जितेर ब्याटिङ गर्ने भएपछि नेपालले बलिङको निम्तो पाएको हो ।

त्रिवि मैदानमा तीन खेल खेलिरहेको नेपालले उक्त मैदानमा पछिल्ला आठ खेलमा हार बेहोरेको छैन । घरेलु मैदान, लयमा टोली र दर्शकको साथले नेपाल प्रतियोगिताको उपाधि दाबेदार बनेको हो ।

नेपालले सोमबार नै १४ सदस्यीय टोलीको घोषणा गरिसकेको छ । नेपालको टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी र ललित राजवंशी हुनुहुन्छ । यस्तै, वैकल्पिक खेलाडीहरूमा अर्जुन साउद, सन्दीप जोरा, सूर्य तामाङ र किशोर महतो हुनुहुन्छ ।

नेपाली टोलीका आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख र भीम सार्की उच्च लयमा हुनुहुन्छ । यस्तै, अनुभवी खेलाडी ज्ञानेन्द्र मल्लले पनि टिम बिल्डिङमा साथ दिइरहनुभएको छ भने सन्दीप लामिछाने बलिङको उत्कृष्ट लयमा देखिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?