अबैध काठसहित उदयपुरमा समूहका अध्यक्ष पक्राउ

हिमालय टाइम्स
Read Time = 2 mins

-सरोज निरौला

उदयपुर । त्रियुगा नगरपालिका-५ स्थित अम्बिका सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लिलबहादुर ग्रञ्जा मगरलाई डिभिजन वन कार्यालयले अबैध सालको गोलिया र ट्याक्टरसहित पक्राउ गरेका छन । डिभिजन वन कार्यालय उदयपुर गाइघाटले अबैध काठ सहित मगरलाई पक्राउ गरेको हो ।

स्थानीयले दिएको सूचनाको आधारमा ५ थान गोलियाको ४० दशमलब १६ क्यूविफिट साल जातको काठसहित स १ त ७०४८ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय उदयपुरले जनाएको छ । ट्याक्टर चालक भने फरार भएकाले खोजी भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

त्रियुगा ५ दमौतिको कोरिया खोलाबाट आईतवार ११ बजे अबैध कटान भईरहेको सूचनाको आधारमा समूहका अध्यक्ष र काठ ढुवानी गर्न प्रयोग भएको ट्याक्टरलाई वन कर्मचारीको टोलीले पक्राउ गरेर कानुनी प्रक्रिया सुरु गरेको डिभिजन वन कार्यालयका सूचना अधिकारी जागेश्वर साहले बताउनुभयो ।

अध्यक्ष मगरलाई वन पैदावार हानी नोक्सानी गरेको अभियोगमा जिल्ला अदालत उदयपुरबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको डिभिजन वन कार्यालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?