सर्वोच्च अदालत परिसरमै बेहाेस भएर ढलेकी भारतीलाई वीर अस्पताल लगियो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । आफ्ना श्रीमान्‌का हत्याराको बाँकी कैद मिनाह गरेको विरोधमा अनशनरत भारती मानन्धर सर्वोच्च अदालत परिसरमा बेहोस भएर ढलेकी छन् ।

कैद मिनाहको सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध अनसन थालेकी भारती मानन्धर सर्वोच्च परिसरमा ढलेकी हुन् । तारिख लिएर फर्किने क्रममा बेहोस भएर लडेकी उनलाई वीर अस्पताल लगिएको छ ।

श्रीमान चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका रिगलको कैद मिनाह भएपछि उनी न्याय माग्दै काठमाडौं आएकी छिन् ।

न्यायका लागि काठमाडौं आएकी भारतीले माइतीघरमा रिले अनसन थालेकी छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?