कफलसेरी स्वास्थ्य चौकीमा निशुल्क स्थायी बन्ध्याकरण शिविर संञ्चालन हुने

सुरेश धामी बझाङ, संवाददाता
Read Time = 1 min

बझाङ । जिल्लाको बुङ्गल नगरपालिमा पुरुष स्थायी बन्ध्याकरण, भ्यासेक्टामी शिविर संञ्चालन गरीने भएकोछ । जिल्ला स्वास्थ्य कार्यालय बझाङको आयोजनामा यहि बैशाख ८ गते बुङ्गल नगरपालीकाको कफलसेरी स्वास्थ्य चौकीमा निशुल्क पुरुष स्थायी बन्ध्याकरण शिविर संचालन गरीने कफलसेरी स्वास्थ्यका सिनियर अहेव शिवराज कठायतले बताउनुभयाे ।

सन्तानको रहर पुगेका र स्थायी बन्ध्याकरण (परिवार नियोजन) गर्न चाहने दम्पतिहरुको लागि यो शिविर गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालय बझाङले जनाएको छ ।

सन्तानको रहर पुगिसकेका र बन्धयाकरण गर्न चहानेहरुका लागि सहज होस् भनेर गाँऊमै सेवा दिन लागिएको हो । परिवार नियोजन गर्न चाहने पुरुषहरुले निशुल्क सेवालिन कफलसेरी स्वास्थ्य चौकीले सुचना मार्फत जानकारी गराएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?