लण्डन म्याराथनमा नेपाली खेलाडी सहभागी हुने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । लण्डन म्याराथनमा सहभागी हुन तीन पुरुष भेट्रान खेलाडीसहित चार सदस्यीय नेपाली भेट्रान टोली लण्डन प्रस्थान गरेका छन् । अप्रिल २३ तारिखमा हुने म्याराथनमा रामकृष्ण महर्जनले ६५-७० वर्ष, शम्भुप्रसाद दाहालले ६१-६५ वर्ष र सञ्जीव अर्यालले ४०-४५ वर्ष उमेर समूहमा दौडनुहुनेछ । सबैले फुल म्याराथनमा भाग लिनेछन् । अफिसियलमा राधा महर्जन हुनुहुन्छ ।

सबैसँग अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव छ । त्यसमध्ये सबैभन्दा बढी अनुभवी रामकृष्ण हुनुहुन्छ । उहाँले लण्डन म्याराथनअघि विभिन्न २१ अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसक्नुभएको छ । सहभागिता जनाएको प्रतियोगितामा हालसम्म रामकृष्णले विभिन्न स्पर्धामा तीन स्वर्ण, तीन रजत र चार कांस्य पदक जित्नुभएको छ । रामकृष्णले सहभागिता जनाएको प्रतिष्ठित म्याराथनमा बोस्टन, बर्लिन, टोकियो, सिकागो र न्युयोर्क सिटी म्याराथन हुन् ।

दक्षिण एसियाली खेलकुदका कीर्तिमानी पूर्वधावक वैकुण्ठ मानन्धर, एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्री, एथलेटिक्सकर्मीलगायतले उहाँहरूलाई बिदाइ गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?