अमेरिकी डलरको भाउ बढ्दा युरोको भने घट्यो

Read Time = 3 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

अमेरिकी डलरको भाउ बुधबार पनि बढेको छ । बुधबार डलरमा ११ पैसाले वृद्धि भएको छ । यसअघि मंगलबारप १९ पैसाले डलरमा वृद्धि भएको थियो । बुधबार एक अमेरिकी डलरको खरिददरमा १३० रुपैयाँ ९७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५७ पैसा कायम गरिएको छ । यसअघि मंगलबार उक्त डलरको खरिदमूल्य १३० रुपैयाँ ८६ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ४६ पैसा कायम गरिएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार बुधबार युरोपियन युरो ८ पैसाले घटेको छ । बुधबार युरो एकको खरिददर १४३ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३२ पैसा कायम गरिएको छ। मंगलबार युरो एकको खरिदमूल्य १४३ रुपैयाँ ७४ पैसा र बिक्रीमूल्य १४४ रुपैयाँ ४० पैसा कायम गरिएको थियो।

बुधबार बेलायती पाउण्ड स्टर्लिङ बढेको छ। यसको खरिददर १६२ रुपैयाँ ८६ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६१ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा एक रुपैयाँ ५० पैसाले बढेको हो । सोमबार यसको खरिदमूल्य १६२ रुपैयाँ ३६ पैसा र बिक्री मूल्य १६३ रुपैयाँ ११ पैसामा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार अष्ट्रेलियन डलरको एकको खरिदमा ८८ रुपैयाँ २६ पैसा र बिक्रीमा ८८ रुपैयाँ ६७ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ८७ पैसा र बिक्रीमा ९८ रुपैयाँ ३४ पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ६७ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५ पैसा कायम गरिएको छ ।

बुधबार साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८३ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ५४ पैसा र बिक्रीदर २९ रुपैयाँ ६७ पैसामा पाइनेछ ।

उता, कुवेती दिनार एकको खरिदमा बुधबार ४२७ रुपैयाँ ४६ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ४२ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३४९ रुपैयाँ एक पैसा तोकिएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?